ए ! पिउँन थालिस्

  •  राजेन्द्र कार्की, न्यूयोर्क 

सोध्छौ किन

खोज्छौ किन

बास सबैतिर

आस सबैतिर,

साँझकी साउनी

बिहानकी कुकूर्नी

सबैको साथ

मस्त छ जीवन

फेरी किन सोध्छौ

पिउँन थालिस् भनेर !

खोयो देखि

छोयो बिर्के सम्म

सिरीप्प देखि

घैंटो सम्म

भ्याईयो सबै

मस्त छ जीवन

अड्डाको चिया हाकिम हुँ

सबैलाई चिन्छु

महिनाको अन्तिममा ,

परे

तिमीलाई किन्छु

फेरी किन सोध्छौ

पिउँन थालिस् भनेर !

बुरूक्क उफ्रन मन छ

झानेको झोलको स्वादमा

फिलाको भूटनमा

साउनीको वदनमा

फेरी खुट्टा लुलो

टाउको झुम्म

कान रातो मस्त छु

फेरी किन सोध्छौ

पिउँन थालिस् भनेर !

तलव थापेको छु

बेलायती पिएको छु

बाँकी सबै तिरेको छु

ज्यान कडा छ

रपनि साउनी बडा छे

पर्खाल बडा छ

आफै सानो भईएछ

फेरी किन सोध्छौ

पिउँन थालिस् भनेर !

Spread the love