एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरले यही जुलाई २६ तारिख आइतवार न्यूयोर्कको सत्य नारायण मन्दिरमा रक्तदान कार्यक्रम सपन्न

एनआरएनए अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा यही जुलाई २६ तारिख आइतवार न्यूयोर्कको सत्य नारायण मन्दिरमा रक्तदान कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । सर्वप्रथम, उक्त कार्यक्रम भब्य सफल पार्नाको लाई प्रतक्ष वा परोक्ष सहयोग गर्नुहुने: सम्पूर्ण संघ संस्था, संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, पत्रकार, सामाजिक अभियन्ता, एवं सर्वसाधारणमा हार्दिक कृतज्ञता ज्ञापन गरिएको थियो।

त्यसैगरी  उक्त कार्यक्रममा रक्तदाताहरुलाई पीपीई, के.एन.९५ मास्क, सर्जिकल मास्क, ग्लोभ्स र सेनिटाईजर वितरण गरेका नेपाल भिजन इंक,  यू.एस. जनगणना—२०२० को फाराम भर्ना सहयोग गर्नुहुने यू.एस. सेन्सन ब्युरो का प्रतिनिधि र अधिकारका प्रतिनिधि, र निःशुल्क स्वास्थ्य जाँच (स्क्रिनिंग) तथा अस्पतालले दिने सेवाहरूको बारेमा जानकारीको लागि  एलम्र्हस्ट अस्पताल को मेडिकल टिम प्रति हार्दिक आभार प्रकट गरिएको थियो।

एनआरएनए अमेरिका, न्यूयोर्क च्याप्टरका युवा संयोजक बिजय गुरुंगको संयोजकत्वमा र कार्यक्रमका प्रमुख अतिथि, नेपाली महा वाणिज्य दूतावास, न्यूयोर्कको वाणिज्यदूत गणेश प्रसाद अधिकारीले उद्घाटन गर्नु भएको उक्ता कार्यक्रममा, विशेष अतिथि एनआरएनए एनसिसि अमेरिकाका  उपाध्यक्ष बाबुराम (बिआर) लामा लगायत एनआरएनए एनसिसि अमेरिका को बोर्ड सदस्यहरू, वर्ल्ड ब्लड डोनर अर्जुन मैनाली लगायत विभिन्न संघ संस्थाहरूका अध्यक्षहरू तथा प्रतिनिधिहरू सहित ३०० जना भन्दा बढीको सक्रिय उपस्थितिले कार्यक्रमलाई  अझ बढी शोभनीय बनाएको थियो।

कोभिड—१९ महामारी को संकटको समयमा असंख्य मानवीय क्षति र न्यूयोर्कमा रगतको अत्याधिक अभावलाई मध्यनजर गर्दै एनआरएनए, न्युयोर्क च्याप्टर आयोजक रही न्यूयोर्कमा क्रियाशिल अन्य ४८ ओटा संघ संस्थाहरूको विशेष सहयोग र न्युयोर्क ब्लड सेन्टर सँगको सहकार्यमा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रम; नेपाली समुदायमा सेप्टेम्बर २००८ पछि अहिले सम्मकै सबै भन्दा सफल रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो ।

यसरी संयुक्त रूपमा कार्यक्रम आयोजना गर्दा संस्थागत सहभागिताको अवसर, तथा कार्यक्रम व्यवस्थापनमा सहजता त छँदैछ, यसको अतिरिक्त नेपाली अमेरिकन समाजमा एकताको सकारात्मक सन्देश दिन पनि सफल भएको हो।

रक्तदान गर्न इच्छुक हरुलाई न्युयोर्क ब्लड सेन्टरको लिङ्क उपलब्ध गराई अग्रिम रूपमा अपोइन्टमेण्ट लिन आग्रह गरिएकोमा १ सय ५९ जनाले अग्रिम अपोइन्टमेण्ट बनाउनु भएको थियो । त्यस्तै ५० भन्दा बढी वाक—इन उपस्थित हुनुभएको थियो । तर ब्लड सेन्टरको जनशक्तिको कमीले गर्दा १ सय १२ जना अपोइन्टमेण्ट बनाउनेहरु र १८ जना वाक—इन रक्त दाताले मात्र रक्तदान गर्न सम्भव भयो । करिव १९ जना स्वाथ्य चेक जाँच पछि रक्तदान गर्न योग्य हुनुभएन । यी र यस्ता प्राविधिक कमी कमजोरीका बाबजुद पनि कुल १ सय ३० रक्त दाता बाट १ सय ३० पिन्ट रगत संकलन भएको थियो।

भविष्यमा पनि हामी सबैको सहभागिता र सहकार्यमा समुदायको हितमा कार्य गर्ने प्रतिबद्धता जाहेर  गर्दै,  कार्यक्रमलाई भव्य र सभ्य बनाउन सहयोग गर्नुहुने  प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू, सबै संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीहरू, कार्यक्रम स्थल उपलब्ध गराउन र व्यवस्थापन गर्न सहयोग गर्नु हुने मन्दिर व्यवस्थापनका मनोज कुमार शर्मा सहित मन्दिर परिवार, कार्यक्रम व्यवस्थापन गर्न सहयोग गर्नुहुने  एनआरएनए, न्युयोर्क च्याप्टर टिम , एनआरएनए एनसिसि, अमेरिका को बोर्ड सदस्य तथा रक्तदान कमिटि संयोजक खिम बिक्रम भट्टराई र रक्तदान कमिटि, कार्यक्रम संयोजक बिजय गुरुङ, उप संयोजकहरू निमा शेर्पा, भेष कंडेल, सुनिता लामिछाने, शैलेश घले, धन ब खत्री, विजय ज्ञवाली लगायत भोलिन्टियर्स, पत्रकार तथा संचारकर्मी हरू को उपस्थिती थियो |

 

Spread the love