*******सुखी र दुखी *******

भरतसन्तोषी,नुवाकोट : एउटा गुरुका दुइटा शिष्य थिए।ती मध्ये एउटा सधै प्रशन्न रहन्थ्यो भने अर्को चाहिँ सधै दुखी।कालान्तरमा तीनै जना मरेर स्वर्ग पुगे।स्वर्गमा पनि ती शिष्यहरुको स्थिति उस्तै थियो। पृथ्वीमा प्रशन्न रहने स्वर्गमा पनि पनि प्रशन्नै थियो।तर पृथ्वीमा बेखुसी रहने स्वर्गमा पनि बेखुसी नै देखिन्थ्यो। एकदिन बेखुसी शिष्यले गुरुसग भन्यो-गुरुजी,स्वर्गमा त सुख पाईन्छ भन्थे,तर म त यहाँ पनि दुखी नै छु त? गुरुले भने-बाबू,तिमीले पुण्यकर्मले स्वर्ग पायौ,तर सुख र दुख त मनको कुरा हो।मनले खुशी माने जहाँ पनि सुख पाईन्छ।मनले खुशी नमाने कहिँ पनि सुख पाउन सकिदैन।तसर्थ तिमीले पहिला आफ्नु मनलाई ठिक पार। सन्देश-सुख र दुख त मनको अनुभुती मात्रै हुन।

Spread the love