ल्होछारको नुवाकोटमा भब्य कार्यक्रम सम्पन्न

भरतसन्तोषी,नुवाकोट। नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा न५ महाकालीको माझगाउमा २८५४औं सोनाम ल्होछार कार्यक्रम आज नुवाकोट जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र न १ का पुर्व युवा तथा खेल्कुद मन्त्री ससंद हित बहादुर तामाङ को प्रमुख अतिथिमा भएको छ उहाँ ले कार्यक्रम लाई सम्बोधन गर्दै सोनाम ल्होसारको अबसरमा शुभकामना दिदै नुवाकोटको जनताको बिकास र समृद्धि मा सधै लागिरहने बताउनु भयो । कार्यक्रममा विशेष अतिथि पुर्व कृषि राज्य मन्त्री तथा नुवाकोट क्षेत्र न१ प्रदेस क ससंद राधिका तामाङ रहनु भएको थियो।उहाँले कार्यक्रममा सम्बोधन गर्दै आफुलाई जनता ले दिएको जनमत को कदर गर्दै नुवाकोटको जनताको काममा सधैं लागि रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो। कार्यक्रममा अतिथि हरु नेकपा एमाले प्रदेस सयोजक जितेन्द्र बिष्ट नेकपा एमाले जिल्ला कमिटी लेखा आयोग सयोजक तथा शिवपुरी का नेता पदम उप्रेती पञ्चकन्या गाउँपालिका अध्यक्ष तेज ब तामाङ नेकपा एमाले शिवपुरी ईन्चाज मगलमाया थापा सह ईन्चाज मिलन लामा, श्याम लामा नेकपा माओवादी केन्द्र शिवपुरी का नेता मीन ब तामाङ ,वाईसियल नुवाकोटका जिल्ला उपाध्यक्ष वीर ब तामाङ शिवपुरी वडान ६ सदस्य राजु थापा ज्ञान ब तामाङ ,वडा न ४ का सन्तोष थापा, वडा न ५ सदस्य रेसम तामाङ गैरसरकारी सस्था महासघ नुवाकोटका कोषाध्यक्ष यसोधा खतिवडा रहनु भएको थियो।त्यस्तै कार्यक्रममा कलाकार हरुले विभिन्न तामाङ सेलो र गीतहरु प्रस्तुत गरिएको थियोे। कार्यक्रम प्रेम ब तामाङ को सभापतिमा भएको थियो ।

Spread the love