अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा नेपाललाई दुई कास्य पदक

भारतको नयाँ दिल्लीमा भएको प्रथम ईन्डियन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा विमला श्रेष्ठ र पुनम रावलले कास्य पदक जितेका छन।   नेपालकी विमला श्रेष्ठले यस अघि नै लाइट वेल्टरवेट ५४ किलो तौल समुहको सेमिफाइनलमा भारतकी मनिषा संग हार बेहोर्दै कांस्य पदकमै चित्त बुझा केकिकि परेको थियोे ।    अन्तर्राष्ट्रिय सहभागितामा जितेको पहिलो अन्तर्राष्ट्रिय पदकमा हो ।   सरस्वती राना मगर, मनोहर ९म्याक्स० बस्नेत, भूपेन्द्र थापामगर र विष्णुप्रसाद घले भने क्वाटर फाईनलमा नै पराजित भएका थिए ।प्रतियोगितामा सहभागी ४ अफिसियल र ६ जना खेलाडी सहित प्रतियोगितामा सहभागी जनाउन नेपालबाट १० जनाको टोलि नयाँ दिल्ली पुगेको थियो ।

Spread the love