बिश्व को राजधनी मानिने न्यूयोर्क को ज्याक्सन हाइट्स मा खुल्ला कबिता प्रतियोगिता सम्पन्न भयको छ।उक्त प्रतियोगिता मा पोखरा का सुरेन्द्र बास्तोला ले प्रथम स्थान हासिल गर्नु भयो भने उक्त प्रतियोगिता को जज मानेपाल जे सि आइ का रमेश अधिकारी र कबी कुन्ती थापा हुनुहुन्थ्यो । साझ ७ बजे देखी सुरु भएको उक्त कार्यक्रम ज्याक्सन हाइट्स को भिम्स क्याफे मा रात को १० बजे सम्म भएको थियो । उक्त कार्यक्रम लाई अनु खड्का ले उद्घोषक को भूमिका निभाएकी थिइन ।
जे सिआ इका रमेश अधिकारी ले उक्त कार्यक्रम मा ब्यबसाइक मिटिङ को बारेमा आधा घन्टा आफ्नो समाग्री प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम को अन्त्य मा समाज मा योगदान गर्ने बिभिन्न ब्यक्तित्व हरु लाई सम्मानगरिए को थियो । प्राईम ट्याक्स लाई पनि सम्मान स्वरुप माया को चिनो प्रदान गरिएको थियो । समाजसेबी खेम भट्ट लाई उहाले गर्नु भएको काम को कदर गर्दै पावर न्युज ले रिकगनिसन अवार्ड प्रदान गरेको थियो ।
उक्त कार्यक्रम का जज तथा जे सि आइ का रमेश अधिकारी लाई पावर न्युज का सस्थापक राजन थपलिया ले खादा ओडाइ सम्मान गर्नु भयको थियो। गायक राम सिङ्, एन आर एन न्यूयोर्क च्यापटर को सभापती रामहरी अधिकारि, लायन्स क्लब का मंगल दास श्रेष्ठ, ब्यबसायी नबराज के सि, शिब बानिया, प्रबिण गौतम , गङ्गा थापा लगायत थुप्रै सामजिक ब्यक्ती हरु को उपस्थिती रहेको थियो । उक्त कार्यक्रम को लागी पावर न्युज का सम्पादक दिपक न्यौपाने ले कार्यक्रम को लागी टाढै बाट शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रम सन्चालिका अनु खड्का ले आगामी दिन मा पनि यस्तै नयाँ ट्रेनिङ कोर्स हरु समुदाय मा ल्याउने कुरा ब्यक्त गरिन ।