२८ बर्षको युवा उमेरमा १२ वटा पुस्तक प्रकाशन – थपलियालाई युथ रिकग्निसन अवार्ड

२८ बर्षको युवा उमेरमा नै १२ वटा पुस्तक प्रकाशन गरिसकेका नेपाली अमेरिकन युवा लेखक राजन थपलियालाई युथ रिकग्निसन अवार्ड प्रदान गरिएको छ । अमेरिकामा १० बर्षदेखि संचालित सामुदायिक संचारमाध्यम युएस नेपाल अनलाइनको १० औं बार्षिकोत्सवका अवशरमा थपलियालाई अवार्ड प्रदान गरिएको हो । कार्यक्रम न्युयोर्कको ज्याक्सनहाइटमा गरिएको हो । धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका स्थायी बासिन्दा थपलियाको हालसम्म जीवन विज्ञानमा आधारित ११ वटा पुस्तक प्रकाशन भइसकेका छन् । लेखन क्षेत्रअन्तर्गत पर्ने साहित्यको समेत हरेक विधामा कलम चलाउँदै आएका थपलियाको हालै फिफ्टी फाइभ इयर्स नामको उपन्यास सांराश प्रकाशित छ भने त्यो भन्दा अगाडि हन्ड्रेड पर्सेन्ट लाइफ प्रकाशित भएको थियो ।

राजनका अन्य पुस्तकहरु थिङक एबाउट इट, सिम्पल रुल्स, टर्निङ प्वाईन्ट, द सेक्रेट मिलेनियर, लाईफ ईज नट ईजी, लाईफ इज सो ईजी, द मिराकल अफ लाईफ, रिजोईस, रिजोईस टु, स्वीट स्पिचेस र हन्ड्रेड पर्सेन्ट लाईफ हुन् । थपलियाले खासगरी सकारात्मक सोंच र आत्मप्रेरक पुस्तकहरु लेख्दै आएका छन् ।mr-rajan-thapaliya of thepowernews

Spread the love