सानिमा बैंकले मोबाइल बैंकिङ्ग कारोबारलाई प्रबर्धन गर्न उदेश्यले मोबाइलबाट दक्षिणा योजनाको सुरुवात गरेको छ। यस दशैंमा टिका लगाई दक्षिणा दिन सानिमा बैंकको सजिलो ई–बैकिंगमार्फत Fund Transfer,Topup/Recharge, e-Sewa Load वा Bill Payment गरी कारोबार गर्नुहुने ग्राहकहरु मध्येबाट हरेक दिन एक जना भाग्यशाली बिजेतालाई सामसुङ्ग मोवाइल फोन (SAMSUNG J76 Mobile) उपहार दिइने छ । आश्विन ११ (टिका) देखि १६ (पुर्णिमा) गते सम्मका लागि लागू हुनेछ र बिजेताको छनोट मोबाइल बैंकिङ्ग सेवा साझेदार कम्पनी F1Soft InternationalPvt Ltd.को सहकार्यमा लक्की ड्र बाट हुने बैंकले जनाएको छ ।