भान्सा नै आयुर्वेदिक उपचारको भण्डार

प्रकृति नै संसारको सवैभन्दा उच्च शक्ति हो । प्रकृतिको काखमा, प्रकृतिको न्यानो मायामा हामी सवै भुलिरहेका छौं । प्रकृतिको नियममा बाधिएका हामी सवै मानिसहरु आआनै प्राकृतिक सुन्दरता बोकेर रमाएका छौं । प्रकृतिले विभिन्न खाले समस्याहरु जन्माएको छ भने समाधानका उपायहरु पनि प्रकृतिमा नै छन् । तर आजको समयमा हामी हरेक रोग व्याधमा प्रकृतिले दिएका साइड इफेक्ट रहित समाधानका उपायहरु अपनाउनुभन्दा अन्यत्र नै लागिपरेका छौं । किनकि हामी व्यस्त जिवनशैलीमा हरेक कुरा छिटो, छरितो र सजिलो चाहन्छौं । जसले गर्दा पनि यस्ता समाधानका उपायहरु ओमmेलमा पर्दै आइरहेको छन् । लगभग ८० प्रतिशत पत्थरी कोलस्ट्रोलबाट बन्ने गर्दछ । पित्तमा पत्थरी हुनु एक डरलाग्दो पिडादायक रोग हो । पित्तले तैलिय खानेकुराहरु पचाउने कार्य गर्दछ । तर जब पित्तमा कोलस्ट्रोल र बिलरुबिनको मात्रा ज्यादा हुन्छ तव पत्थरीको निर्माण हुन्छ । पत्थरीलाई घरेलु पद्धतीबाट ठिक गर्न सकिन्छ ।

सुन्दर हुनु आखिर कसलाई मन छैन र अमm हामी मानव जातीमा सुन्दर हुन खोज्नु र आनो सुन्दरताको प्रसंसाको अपेक्षा राख्नु मानवीय गुण नै हो । बेदाग, सफा अनुहार आत्मविश्वासको कडी हो । अहिलेको समयमा हामी सुन्दर रहन के चाहि गर्दैनौं ? पार्लरमा धाउछौ, घण्टौं लगाएर ऐना अगाडी बसेर मेकअप गछौं । हुदाहुदा अवत यस्तो समय आइसक्यो मेकअप विना हामी घर बाहिर निस्कन पनि नसक्ने भइसक्यौं । तर के ? सुन्दर देखिने होडबाजीमा हामीले आनो प्राकृतिक सुन्दरता गुमाइरहेका त छैनौं ? बजारिया सुन्दरताका सामाग्रीहरु भ्रँमक मात्र सावित भै रहेको आजको यो समयमा हामी आनै भान्छामा दैनिक रुपमा प्रयोग भइरहने प्राकृतिक सुन्दरताले भरपुर यस्ता सामाग्रीहरु किन प्रयोग नगर्ने ?

Spread the love