अमेरिकाको लस एञ्जल्समा गोली प्रहार

अमेरिकाको लस एञ्जल्समा बन्दुकधारीको गोली प्रहारबाट कम्तिमा  १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। चन्द्र नयाँ वर्षको अवसरमा मोन्टेरे पार्क क्षेत्रमा भएको एउटा मनोरञ्जनात्मक कार्यक्रमा गोली चलेको हो ।प्रहरीले बन्दुक हमलामा थप १० जना घाइते भएको र तिमध्ये अस्पतालमा केहीको अवस्था गम्भीर रहेको जनाएको छ।

एक प्रत्यक्षदर्शीले द लस एन्जलिस टाइम्सलाई बताएअनुसार बन्दुक बोकेका एक व्यक्तिलाई त्यस क्षेत्रमा देखेको भन्दै तीन जना उनको रेस्टुराँमा छिरेर ढोका बन्द गर्न भनेका थिए। त्यहाँ वार्षिक रूपमा चन्द्र नववर्षको बेला एक सातासम्म कार्यक्रमहरू हुने गर्छन्।

यसअघिका वर्षमा एक लाखभन्दा धेरै मानिसहरू आउने गरेका थिए।सन्दिग्ध हमलाकारी पुरुष भएको जनाउँदै ती अझै फरार रहेको र खोजीकार्य जारी रहेको जनाएको छ।अमेरिकी सुरक्षा अधिकारीहरुले भिडियोमा गोली हान्ने मानिस देखिएको र  खोजीकार्य जारी रहेको  बताएका छन् ।

Spread the love