उपत्यकामा वैशाख १६ गतेदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

उपत्यकामा वैशाख १६ गतेदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गते देखि निषेधाज्ञा लागू हुने भएको छ ।  आइतबार कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गर्न सुझाव दिएको थियो । सोमबार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको एक प्रमुख जिल्ला अधिकारीले बताएको छ । वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने भएको छ ।  निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने स्रोतले जानकारी दिएको छ । यस अवधिमा सार्वजनिक तथा नीजि सवारीसाधान समेत चल्न पाउने छैनन् भने होटल तथा रेष्टुेरेष्टहरु समेत बन्द हुनेछ भने टेक अवेको सेवा भने प्रदान गर्न सकिने छ ।

 

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ‘यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, सङ्घसंस्था र पेशाकर्मी, व्यवसायी एवम् आम नागरिकको कर्तव्य हुनेछ र यो आदेशको उल्लङ्घन गरेमा प्रचलित कानूनअनुसार कारबाही हुनेछ।’

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन। विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्रै गर्न सकिनेछ।

सार्वजनिक एवम् निजी सवारी साधन वैशाख १६ गते बिहान ६ देखि २२ गते राति १२ बजेसम्म काठमाडौँ उपत्यकाभरमा रोक लगाइएको छ। अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन प्रवेशमा रोक लगाइएको छ।

भायानेटले ल्यायो भाइबर च्याटबट

भायानेट नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्र्रदायक हो । आफ्नाग्राहकहरुलाई उत्कृष्ट सेवाहरु प्रदान गर्ने कुरामा भायानेट सधै एक कदम अगाडि हुन्छ । यसै क्रममा ग्राहकहरुलाई अझ नजिकबाट सजिलै सेवा प्रदान गर्नको लागि भायानेटले भाइबर च्याट बटल्याएको छ । भायानेटका ग्राहकहरुले अब आफ्नो माबोइलमा सजिलै भाइबरबाट भायानेट च्याटबुटसँग च्याट गरेर भायानेट सम्बन्धी आफूलाई लागेको जिज्ञाषा र समस्याको तुरुन्त जवाफ वा समाधान पाउन सक्नुहुनेछ । भायानेटको कुनै पनि सेवाको बिल सम्बन्धी जिज्ञाषा र सेवामा समस्याको समाधान वा इन्टरनेट सम्बन्धी प्रश्नहरुको उत्तर आफ्नो मोबाइल बाटै भाइबर च्याटबट मार्फत् तुरुन्तै पाउन सक्नुहुन्छ ।

 

बैशाख १७ गतेदेखि आईपीओ निष्काशन

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले  बैशाख १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। सर्वसाधारणले   २३ लाख ४१ हजार ९५४ कित्ताका लागि आवेदन दिन सक्नेछ । कम्पनीले कुल जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको छ। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गर्नेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।  निष्काशन गरिने कुल शेयरमध्ये ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र  १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ।  न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ लाख १८ हजार २३० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

 

 

 

प्रधानमन्त्री पुनर्निर्मित धरहराको उदघाटन

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गरेका छन् ।धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गरेका थिए । बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ ।  २०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको छ । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ८ हजार बढीको मृत्यु भएको थियो भने हजारौं भौतिक संरचनामा क्षति पुगेको थियो ।   १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । धरहराको अग्लाइ जमिनबाट ८३.८५ मिटर रहेको छ ।  ‘मेरो धरहरा मै बनाउँछु’ अभियानमा  धरहरा पुर्निर्माणमा ३ करोड ४८ लाख लागत अनुमान गरिएको र कोषबाट अपुग रकम सरकारले व्यहोर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

सेतो मच्छेन्द्रनाथको रथयात्रा सम्पन्न

११ वैशाख, काठमाडौं  : प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ ।  वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ ।जात्राले उपत्यकाको भित्री भागका स्थानीयवासीमा रोग व्याध नलाग्ने जन विश्वाससमेत रहेको छ । जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको थियो । जात्राका लागि काठमाडौं महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था मिलाइएको हो ।  रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो । जात्रासहित सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइएको छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर चौथो दिन अन्त्य गरिन्छ ।  याँ भेरियन्टसहितको जोखिम बढ्न थालेकाले स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिँडाइएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन  गरिएको थियो ।     कोरोना महामारीबाट बच्दै सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन यस्तो व्यवस्था गरिएको हो । यो नमूना उपत्यकाका अन्य स्थानमा हुने जात्राका लागि पनि काम लाग्ने आशा गरिएको छ ।  न गरिएको छ । जात्रामा सहभागी हुनुअघि र भइसकेपछि पनि साबुनपानीले हात धुन पनि समितिले अनुरोध गरेको थियो । यसका लागि रथयात्रा शुरु र अन्त्य गरिने स्थानमा प्रत्येक दिन साबुनपानीको व्यवस्था गरिएको थियो ।

Bangkok Airways delays new routes until fall due to third COVID wave

Bangkok Airways announced today that it will delay its anticipated new route of Bangkok – Mae Sot as well as temporarily suspend routes between Phuket – Hat Yai, Bangkok – Sukhothai, and Bangkok – Trat route.

  1. The country saw a record high of 1,767 new COVID-19 cases in one day this past Sunday.
  2. Because of this current outbreak of the coronavirus and the fact that it is expected to intensify further, Bangkok Airways announce the delay of a planned new route.
  3. The airline also announced the temporary suspension of some routes.

Thailand is witnessing record new COVID-19 coronavirus cases in recent days blaming it on the highly transmissible B.1.1.7 variant as the pace of immunization remains slow. Health authorities on Wednesday announced 1,458 new coronavirus cases, and 2 more deaths, a figure lower than Sunday’s record high of 1,767 infections. The latest figures take Thailand’s total to 46,643 cases and 110 deaths. A third of the total infections have come this month alone.

Due to the current outbreak of COVID-19 and the fact that it is expected to intensify further, Bangkok Airways announce the delay of a planned new route: Bangkok – Mae Sot (roundtrip) with the new launch date for this route set for the fall on October 17, 2021.

In addition to that, the airline would also like to announce the temporarily suspension of the following routes:

पशुपतिनाथ दर्शनमा रोक – पशुपति क्षेत्र विकास कोष

काठमाडौँ  :  पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको कोषले जनाएको छ । नेपालमा विगत २४ घण्टामा थप २,४२८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। त्यस अवधिमा देशभरि पीसीआर विधिबाट परीक्षण गर्दा २,३६५ जना र एन्टिजन विधिबाट ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो।

वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि श्री पशुपतिनाथको मन्दिर, गुहेश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएकोले पशुपति क्षेत्र विकास कोषले सूचना प्रकाशित गरिएको छ । भक्तजनहरूलाई पर्न गएको असुविधाप्रति पशुपति क्षेत्र विकास कोष क्षमाप्रार्थी छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको कोषले जनाएको छ ।

मेरियट होटलमा ओली-नेपालबीच भेटवार्ता

काठमाडौं  : नागपोखरीस्थित होटल मेरियटमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि वरिष्ठ नेता माधव नेपालसँग भेटवार्ता सुरु भएको छ । नेता नेपालले आफूले पार्टी विधान विपरित काम नगरेको नवौं महाधिवेशनको मार्गनिर्देशन तथा त्यसबाट पारित विधान रक्षाका लागि सक्रिय भएको भन्दै  नेपालले अर्को राजनीतिक दल खोलेको जस्तो निराधार र हास्यास्पद तर्क गरी जनताको मतबाट निर्वाचित प्रतिनिधिसभाको पद नै समाप्त पार्ने धम्की दिनु नेपालको संविधान, कानून र एमालेको नवौं महाधिवेशनबाट पारित विधान विपरित हुने स्वयंसिद्ध छ भन्दै ओलीमा दम्भ संकीर्ण  चिन्तन रहेको बताएका छन् ।

एमाले पार्टी भित्र देखिएको विवाद समाधान गरी अगाडी बढ्न ‘वान टु वान’ वार्ताका लागि ओली र नेपाल केही समय अगाडि मेरियट पुगेको बताइएको छ । दुई   नेताबीच  साँझ  एक्लाएक्लै भेटवार्ता भएको थियो । बुधबार ओली र नेपालबीच भएको भेटले लामो संवादहिनता तोडेको छ।

बेमौसमी हिमपात -बैशाखमा हिउँ पर्यटकलाई सास्ती

मुस्ताङ : मुस्ताङको थासाङ गाउँपालिका लेते आसपासदेखि उपल्लो मुस्ताङको लोमान्थाङसम्म बाक्लो हिमपात भएको छ ।  हिमालपारिको जिल्ला मुस्ताङमा बेमौसमी हिमपात भएको छ । मुक्तिनाथदेखि माथिल्लो क्षेत्रमा आंशिक हिमपात भएपछि आज बिहानबाटै तल्लो सतहसम्म पनि बाक्लो हिमपात भइरहेको छ । स-माघमा पर्ने हिउँ यसपटक बैशाखमा परेको छ ।  जनजीवन अत्यन्तै कष्टकर भएको छ । मुस्ताङ भित्रएका आन्तरिक पर्यटकहरुलाइ समेत सास्ती भएकाे छ । मुक्तिनाथ क्षेत्रमा बाक्लो हिमपात भएपछि आन्तरिक पर्यटकलाइ कागबेनीमै उचित व्यवस्थापन गरिए मुस्ताङ  प्रहरी कार्यलयले बताएको छ ।

A Quick Guide to Gold Fineness

Kathmandu : Among all the precious metals, gold is the most preferred investment globally. The yellow metal is – and always has been – the world’s favorite safe haven in times of inflation, geopolitical uncertainty, financial insecurity, war, and devaluations. Unlike paper currency, coins, or other assets, gold has maintained its purchasing value throughout history.

In Nepal, the Federation of Nepali Gold and Silver Dealers’ Associations (FENEGOSIDA) fixes the gold price for traders and dealers. The Federation meets every day and fixes the reference rate, subsequently publishing the price on its official website at 10 am. The reference price generally remains valid for 24 hours. Moreover, it has a unique and beautiful color, making it superior to other elements. These factors make gold the most desired asset across the global countries, including Nepal. Nepal Gold Reserves are the gold assets held or controlled by the Nepal Rastra Bank (NRB). Gold reserves in the country remained unchanged at 6.43 tons in the fourth and third quarter of 2020. The yellow metal reserves reached an all-time high of 6.5 tons in December 2018.

In terms of US dollars, Nepal’s gold reserves stood at USD 420.480 million in January 2021, a significant drop from the previous USD 437.667 million in December 2020. The reserves reached a record high of USD 437.667 million in December 2020 and a record low of USD 0.000 million in June 2011.