सुरुङभित्र रेल दुर्घटना पटरीबाहिर निस्किँदा दर्जनौँ मानिसको मृत्यु

सुरुङभित्र रेल दुर्घटना पटरीबाहिर निस्किँदा दर्जनौँ मानिसको मृत्यु

१३० किमोमिटर को गतिमा कुद्न सक्ने क्षमताको रेल रेल भरिएको हुनाले धेरै मानिसहरूले उभिएर यात्रा गरेको हुनसक्ने बताइएको छ। ताइवानमा झन्डै ५०० यात्रु सवार एउटा रेल सुरुङभित्र पटरीबाट बाहिर निस्किएपछि भएको दुर्घटनामा कम्तीमा ५० जनाको मृत्यु भएको  छ । उक्त घटनामा दर्जनौँ मानिसहरू घाइते भएका छन्। ताइवानको केन्द्रीय आपत्कालीन सेवा निकायका अनुसार उद्धारकर्तासँग क्षति पुगेका डिब्बासम्म पुग्न ठूलो सङ्घर्ष गर्नुपरेको थियो। उक्त रेल राजधानी ताइपेईबाट ताइतुङतर्फ गइरहेको थियो। सप्ताहव्यापी वार्षिक बिदाका लागि बाहिर जान लागेका मानिसहरू उक्त रेलमा यात्रा गरिरहेका थिए।

कैलालीको तोरी उत्पादन बढ्यो

२० चैत, टीकापुर । कैलालीमा तोरीको उत्पादन गत वर्षभन्दा दोब्बरले बढेको छ । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माका अनुसार यस वर्ष मौसम अनुकुल भएका कारण उत्पादन बढेको हो । यस वर्ष मौसम अनुकुल रहेकाले गत वर्षभन्दा दोब्बरले उत्पादन बढेको छ ।’ यस वर्ष तोरी बाली मात्र होइन अन्य बाली पनि राम्रो उत्पादन हुने देखिएको प्रमुख शर्माको भनाइ छ ।सन्देश जस्तै तोरीखेती गरेका अन्य किसान पनि उत्पादन बढेपछि र बजार मूल्य राम्रो पाएपछि खुशी भएका छन् । तोरीखेती स्याहारेका  किसानले  हिजोआज त्यही तोरीबारीमा छरेको मुसुरो स्याहार्न थालेका छन् । गत वर्ष उत्पादन कम भएका कारण कैलालीमा तोरीको तेल पाउनसमेत कठिन भएको थियो । कैलालीका मिल सञ्चालकले यस वर्ष भने अहिलेदेखि नै तोरी भण्डारण गरिसकेका छन् ।

‘गत वर्ष प्रतिहेक्टर छ क्वीन्टलका दरले तोरी उत्पादन भएकामा यस वर्ष बढेर प्रतिहेक्टर १२ क्वीन्टलसम्म उत्पादन भएको छ’, उनले भने, ‘गत वर्ष हिउँदमा अधिक वर्षा हुँदा तोरीसँगै अन्य बालीको उत्पादनमा कमी आएको थियो । कैलालीमा २० हजार हेक्टर क्षेत्रफलमा तोरीखेती हुने गरेको छ । मल र सिँचाइको उपलब्धताले तोरीको उत्पादनमा भर पर्ने भएकाले यस वर्ष करीब २० हजार टन उत्पादन भएको केन्द्र प्रमुख शर्माको भनाइ छ । ‘तोरीखेतीको उत्पादकत्व बढाउन नयाँ प्रविधि, उन्नत जातको बीउको प्रयोगले समेत प्रभाव पार्छ’ उनले भने, ‘पछिल्लो समय किसानसमेत बीउ, मल र प्रविधि प्रयोगका सवालमा सचेत बन्न थालेका छन् ।’

नेपालमा २४ घन्टामा थप ८९ जनामा कोरोना पुष्टि

काठमाडौं  : नेपालमा पछिल्लो २४ घन्टामा थप ८९ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या यति पुगेको हो ।   कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ८३९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  देशका बिभिन्न स्थानमा गरिएको परीक्षणबाट कोरोना संक्रमितहरुको पहिचान भएको हो । संक्रमितको पहिचान संगै थप ९५ जना संक्रमित कोरोना मुक्त भएका छन् । अहिलेसम्म नेपालमा दुई लाख ७२ हजार ५३० जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म तीन हजार २७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

क्युटी सर्वोत्कृष्ट डिजाइनर

काठमाडौं : इन्टरनेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले आयोजना गरेको तेस्रो संस्करणको डिजाइनर प्रतियोगिता ‘ड्रेस टु इम्प्रेस–३’मा क्युटी शाक्यले सर्वोत्कृष्ट डिजाइनरको उपाधि जितेकी छन्। प्रतियोगितामा फस्ट रनरअपको उपाधि उमा राइका मगरले जितिन्। मगरले उपाधिसहित १० हजार रुपैयाँ नगद तथा केज फिटनेस सेन्टरका तर्फबाट १७ हजार रुपैयाँबराबरको फिटनेस प्याकेजसमेत पाएकी छन्।  उपाधिसँगै उनले १५ हजार रुपैयाँ नगदका साथै ग्वार्को ललितपुरमा केज फिटनेस सेन्टरका तर्फबाट २५ हजार रुपैयाँबराबरको फिटनेस प्याकेजसमेत जितेकी छन्। प्रतियोगितामा लिडर अफ द इयरको उपाधि फेसन प्रशिक्षकहरू सबिन ढुंगाना तथा सारिका राईले जितेका थिए। प्रतियोगितामा आईआईएफटीमा अध्ययनरत ९८ जना फेसन डिजाइनिङका विद्यार्थीले सहभागिता जनाएका थिए।