हिंसा र नाकावन्दी विरुद्ध केन्द्रीत नागरिक सभा

Amnesty International Nepal : AI Nepal | Human Rights in Nepal

हिंसा र नाकावन्दी विरुद्ध केन्द्रीत नागरिक सभा

जयराम बस्नेत, काठमाडौ –  मानव अधिकार तथा शान्ति समाजले यस वर्षको अन्तर्राष्ट्रिय अहिंसा दिवस (२ अक्टोबर) हिंसा र नाकाबन्दी विरुद्ध केन्द्रीत रही नागरिक सभा आयोजना गरि मनाउँने भएको छ । २०७२ असोज १५ गते दिउँसो ३ बजे नयाँ बानेश्वर क्षेत्रमा गरिने नागरिक सभाको प्रमुख वक्ता कृष्ण पहाडी हुनुहुन्छ भने सभामा गीत, कविता प्रस्तुत हुनेछ ।
 यसैगरी ज्येष्ठ नागरिक दिवस (१ अक्टोबर)का सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजले ज्येष्ठ नागरिकको सम्मान सु–सँस्कृत समाजको पहिचान विषयमा केन्द्रीत रही कार्यक्रम आयोजना गर्ने भएको छ । 

Baburam-Bhattrai

बाबुरामलाई बाटोबन्द- जनकपुर मोर्चा

७ असोज, जनकपुर – नयाँ संविधानमा थारु, मधेसी र जनजातिलाई सम्बोधन नगरिएको भन्दै असन्तुष्ट भट्टराई शुक्रबार जनकपुर जाने कार्यक्रम छ ।  भने  जनकपुरमा बसेको मधेसी मोर्चाले भट्टराईको कार्यक्रम बहिस्कार गर्नुका साथै अवरोध गर्ने निर्णय गरेको छ । मोर्चाका प्रवक्ता एवं सद्भावनाका नेता संजय सिंहले भने-मधेस विरोधी संविधानमा उहाँले पनि हस्ताक्षर छ । मधेसमा अहिलेको अवस्थामा आाउनुमा एमाओवादी पनि जिम्मेवार छ ।’ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले जनकपुर प्रवेशमा रोक लगाएको छ ।

Chandra-giri-cable-car

पर्यटन उद्योगमा लगानीकर्ताको आकर्षण

३ असोज, काठमाडौं – ठूलो संघर्ष र लामो प्रतिक्षापछि बल्ल हामीले नयाँ संविधान पाउँदै छौं । मुलुकमा लोकतन्त्र आएको एक दशक बितिसक्दा समेत आमजनताले महशुस गर्ने खालका परिवर्तनहरु हुन सकेका थिएनन् । ढिलै भएपनि आइतबार नयाँ संविधान जारी हुने निश्चित भएपछि नेपालीहरु दिपावली मनाउन तयारी अवस्थामा रहेका छन् ।  एक दशक लामो माओवादी सशस्त्र द्धन्द्धमा मुलुकभित्र नयाँ उद्योग व्यवसाय खुल्न त परै जाओस्, भएका उद्योग व्यवसायहरु पनि बन्द हुन पुगे । जब ०६२/६३ को आन्दोलनपछि मुलुकमा लोकतन्त्र आयो, तब लगानीकर्तामा आशाको किरण पैदा हुन पुग्यो ।

मुलुकमा लगानीको ओइरो लागिरहेका बेलामा वैशाख १२ गते विनाशकारी भूकम्प गएपछि लगानीकर्ता हच्किन पुगे । लगानी घोषणा गरिएका कतिपय होटल निर्माण सुरु भइसकेका थिए भने कतिपय होटल निर्माणको अन्तिम तयारीमा थिए ।

खासगरी जलविद्युत, पर्यटन, कृषि, पूर्वाधार लगायतका क्षेत्रमा ठूलो लगानी घोषणा भइसकेको छ । त्यसमा पनि होटल उद्योगमा लगानीकर्ताको आकर्षण देखिएको छ । पर्यटनको प्रशस्त सम्भावना बोकेको नेपालमा भविष्य राम्रो देखेर लगानीकर्ता होटलमा आकषिर्त भएका हुन् ।
साना ठूला होटलमा करिव ५० अर्ब रुपैयाँको हाराहारीमा होटलमा नयाँ लगानी घोषणा भएको छ । कतिपय लगानीकर्ताले होटल निर्माण सुरु गरिसकेका छन भने कतिपयले राजनीतिक अवस्थालाई हेरेर बसेका छन् ।
Chhaya-Center-5
sambidhan-utsab

संविधानसभा रात्रिभोजमा ४५ लाख खर्च !

६ असोज, काठमाडौं – राष्ट्रपतिदेखि सबै पाहुलाका लागि रात्रिभोज  भएको खुसियालीमा संविधानसभा भवन परिसरमा सञ्चालन गरिएको रात्रिभोजमा ४५ लाख रुपैयाँ खर्च भएको छ । तीन हजार जनाका लागि अर्डर भए पनि चार हजार भन्दा बढीले खाएको भन्दै संसदमा क्यान्टिन चलाईरहेको अल्फा हाउसले धेरै दाबी गरिरहेको संसद सचिवालयका कर्मचारीले बताए ।

संसदीय समितिको बेठक बसेको समयमा तीन सय रुपैइाँमा खुवाउने खानाभन्दा केही फरक नभए पनि प्रतिप्लेट एक हजार पाँच सयका दरले अल्फालाई पैसा तिर्नुपर्नेछ । सामान्य हिसावले पनि तीन हजार जनाका लागि एक हजार पाँच सयका दरले ४५ लाख रुपैयाँ हुन आउँछ । संसदीय समितिको बेठक बसेको समयमा तीन सय रुपैइाँमा खुवाउने खानाभन्दा केही फरक नभए पनि प्रतिप्लेट एक हजार पाँच सयका दरले अल्फालाई पैसा तिर्नुपर्नेछ । सामान्य हिसावले पनि तीन हजार जनाका लागि एक हजार पाँच सयका दरले ४५ लाख रुपैयाँ हुन आउँछ । स्रोत: जनआस्था साप्ताहिक

Oda no 6 thepowernews

यथार्थपरक कथावस्तु रहेको चलचित्र ‘वडा नम्बर ६’ – नेता डा. बाबुराम भट्टराई

आश्विन ५, २०७२- नयाँ संविधानको उत्सवमा व्यस्त रहेका सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल सोमबार दिनभरि टुँडिखेलमा थिए। साँझ चाहिँ उनी कुमारी हलमा भेटिए, उनीसँगै माओवादी नेता डा. बाबुराम भट्टराई र हिसिला यमीसमेत फिल्म ‘वडा नम्बर ६’ हेर्न आएका थिए। तीनैजनाले फिल्ममा ‘रमाइलोसँगै राजनीतिक गतिविधिको यथार्थ हेर्ने अवसर पाएको’ टिप्पणी गरे। माओवादी जनयुद्धताका लडाकुले भोग्नुपरेको दु:ख, संघर्ष र यथार्थसमेत फिल्ममा समेटिएको छ। फिल्म हेर्दै कमेडी दृश्यमा बाबुराम मुुसुक्क मुस्कुराइरहेका थिए भने मिनेन्द्रचाहिँ खुलेर हाँस्दै। ‘आज निकै रमाइलो भयो,’ मिनेन्द्रले थपे, ‘तर, राजनीतिक घटनाक्रमको चित्रणले केही गम्भीर पनि बनायो।’ उनले फिल्ममा थुप्रै यथार्थपरक कथावस्तु रहेको बताए।

देशको सामाजिक, राजनीतिक र तत्कालीन समयको कालखण्ड फिल्ममा समेटिएको , महिला क्रान्तिकारीको मुख्य भूमिका गरेकीले नारी सशक्तीकरणको मुद्दा पनि ज्वलन्त रूपमा उठाएको , चार दिनदेखि प्रदर्शनमा रहेको फिल्म ‘वडा नम्बर ६’ हेर्ने दर्शकको भीड बढेको अभिनेत्री दीपाले दाबी गरिन्।

nepali sambidhan 1

‘नेपालको संविधान २०७२’मा पर्यटन ?

काठमाडौं, ४ असोज :  झण्डै सात दशकको अनवरत संघर्षपछि नेपाली जनताको संविधान सभाबाटै नयाँ संविधान बनाउने सपना साकार भएको छ । संविधान जारी भएको त्यो क्षणलाई देशैभरीबाट हसोल्लासका साथ दिपावली गरि भव्यस्वागत गरियो । यसैबीच, देशको आर्थिक मेरुदण्ड मानिएको पर्यटन क्षेत्रले उक्त क्षणलाई विशिष्ट तवर र तरिकाबाट स्वागत गरेको छ । विभिन्न पर्यटकीय संघसंगठनहरुले छुट्टै कार्यक्रमको आयोजना गरी नयाँ संविधानको भव्य स्वागत गरेका हुन् ।

नेपाली कांग्रेसनिकट राष्ट्रिय पर्यटन व्यवसायी संगठन नेपाल (नीट), एमालेनिकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन, एमाओवादीनिकट नेपाल पर्यटन व्यवसायी मञ्च तथा एकीकृत पर्यटन व्यवसायी संगठन, टान, नाट्टा, ठमेल पर्यटन विकास परिषद्, राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)लगायतले ठमेललगायत विभिन्न पर्यटकीय क्षेत्रहरुमा दिपावली गरेर नयाँ संविधानलाई स्वागत गरे ।

नयाँ संविधान जारी भएसँगै पर्यटन क्षेत्रमा स्वतस्फुर्त उत्साह थपिएको विश्लेषण गरिन थालिएको छ । देशको पर्यटन क्षेत्रलाई विकास गर्नको लागि नेपालको संविधान २०७२ मा विभिन्न व्यवस्था गरिएको हुनाले यस क्षेत्रमा उत्साह थपिएको विश्लेषकहरु बताउँछन् ।

संविधानको भाग ४ धारा ५१ (ठ)मा पर्यटन सम्बन्धी नीतिसम्बन्धि लेखिएको छः ‘नेपालका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरूको पहिचान, संरक्षण, प्रवर्धन एवं प्रचार प्रसार मार्फत राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारको रूपमा पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्ने, पर्यटन संस्कृतिको विकास गर्न आवश्यक वातावरण एवं नीति निर्माण गर्ने तथा पर्यटन उद्योगको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिने ।’

Tarai aandolan

बन्दुकले आन्दोलन दबाउन खोजे सिरियाको जस्तै हालत हुन्छ – उपेन्द्र यादव

४ असोज, सप्तरी – मधेसवादी दलका नेताहरुले अब एकजुट भएर निर्णायक आन्दोलन गर्नुपर्ने बताउँदै आन्दोलन सँगसँगै लडाइँ पनि शुरु हुन सक्ने चेतावनी दिएका छन् ।  मुख्य तीन दलको अगुवाइमा जारी गरिएको संविधान सोमबार राजविराजमा जलाउँदै नेताहरुले यस्तो अभिव्यक्ति दिएका हुन् । तीनदलका नेताले संविधान जारी गरेर वार्तामा आउन आग्रह गरिरहेकै बेला सोमबार सप्तरीमा संविधान जलाउँदै मधेसी नेताहरुले शासकको हालत सिरिया वा लिबियाको जस्तै बनाइदिने चेतावनी दिएका छन् ।‘यो संविधान तीन दलले आफ्नो स्वार्थसिद्वीका लागि मात्रै बनाएका हुन्’ यादवले भने, “यो संविधान होइन, कागजको खोष्टो मात्रै हो, यसमा तीन दलको स्वार्थ मात्रै लुकेको छ ।’

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जारी आन्दोलन निरन्तर चल्ने ,  आन्दोलनसँगै अब लडाइँ पनि हुने बताए । ‘यो लडाइँ स्वायत्त मधेस नपाएसम्म जारी रहन्छ’ यादवले भने, “सेना, सशस्त्रले जति दमन गरे पनि अबको लडाइँं रोकिनेवाला छैन ।” ‘राजनीतिक मुद्दालाई बन्दुकको भरमा दबाउन खोजिए सिरिया, लिबिया र भियतनामजस्तै यहाँका शासक वर्गको पनि अन्त्य हुनेछ’

sambidhan

नेपालको संविधान २०७२ सार्बजनिक

३ असोज, काठमाडौं –  राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान -२०७२ जारी गरेका छन् । राष्ट्रपतिले संविधान घोषणा गरेपछि आजैका मितिदेखि देशले औपचारिकरुपमा नयाँ संविधान पाएको छ भने अन्तरिम संविधान २०६३ स्वतः खारेज भएको छ । संविधानसभामा राष्ट्रपतिले संविधानका प्रतिहरुमा हस्ताक्षर गरी संविधान घोषणा गरेका हुन् । राष्ट्रपतिले संविधानसभामा आयोजित विशेष समारोहमा नेपालको संविधान -२०७२ आजैका मितिदेखि प्रारम्भ भएको घोषणा भएको छ । राष्ट्रपतिले संविधान जारी गरिरहँदा भव्य रुपमा सिँगारिएको संविधानसभा परिसरमा बेलुनहरु उडाइएको थियो ।   संविधान जारी भएको सात दिनभित्रमा अब नयाँ सरकार गठन गर्नुपर्ने छ भने एक महिनाभित्रमा राष्ट्रपतिको कार्यकाल समाप्त हुनेछ । राष्ट्रपतिबाट जारी गरिएको संविधान आजैका मितिबाट लागू हुनेछ ।   संविधानसभामा प्रवेश गर्नुअघि राष्ट्रपतिलाई २१ तोपको सलामी दिइएको थियो । संविधानसभा अध्यक्षर महासचिवले राष्ट्रपतिलाई स्वागत गर्दै संविधानसभाभित्र प्रवेश गराएका थिए ।

nepali sambidhan

संविधानसभाबाट पारित भएको संविधानलाई अध्यक्ष नेम्वाङद्वारा प्रमाणीकरण

१ असोज, काठमाडौं-  संविधानसभाबाट पारित भएको संविधानलाई संविधानसभा अध्यक्षले संविधानसभाको ल्होत्से हलमा आयोजित एक समारोहमा अध्यक्ष नेम्वाङले प्रमाणिकरण गरेका हुन् । प्रमाणीकरण समारोहमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्डसहित पूर्व प्रधानमन्त्रीहरु सहभागी थिए । त्यसपछि अध्यक्ष नेम्वाङ सहित शीर्ष नेता र सभासदहरुले एक आपसमा बधाई साटासाट गरेका थिए ।अध्यक्ष नेम्वाङले संविधान प्रमाणीकरण गरेर देखाएपछि निकैबेर सम्म ल्होत्से हलमा ताली बजेको थियो ।प्रमाणीकरण गरिएका पाँच प्रति नेपाली कागजमा छापिएका संविधानमध्ये राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, कानुन मन्त्रालय र संविधानसभा सचिवालयको अभिलेखमा राखिनेछ । अब संविधान जारी हुने बाहेक नेपालको संविधान निर्माणको सबै औपचारिक काम सकिएको छ ।

mawobadi

संविधानको कतै संरक्षण कतै बिरोधको तयारी – तीन माओबादी तीन तिर

१ असोज, काठमाडौं । जनयुद्ध सुरु भएको पाँच वर्ष पुग्दा तत्कालीन माओवादीले नयाँ कार्यनीति तय गरेको थियो, ‘संविधानसभाबाट संविधान ।’ गोलमेच सम्मेलन, गणतन्त्र माओवादीका थप कार्यनीति थिए । तत्कालीन माओवादीले ०५७ मा तय गरेको कार्यनीति १५ वर्षपछि ३ असोजमा गणतन्त्र र संविधानसभाबाट संविधान जारी गर्ने विषय संस्थागत हुँदै छ । ०५७ मा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट संविधानसभाको कार्यनीति बनाएको तत्कालीन माओवादी अहिले तीन पार्टीमा विभाजित छ । प्रचण्ड, मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वमा तीन माओवादी पार्टी छन् । मातृका यादव र मणि थापाका नेतृत्वमा पनि माओवादी पार्टी छन् । एकीकृत माओवादीले संविधान जारी भएको साँझ देशैभर दीपावली गर्ने निर्णय गरेको छ । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले भने ‘प्रतिगामी’ भन्दै देशभर नयाँ संविधान च्यात्ने र जलाउने तयारी गरेको छ ।
– शासकीय स्वरूपलगायत महत्त्वपूर्ण विषयमा फरक मत राखेर संविधान निर्माणमा अग्रसरता देखाएको एमाओवादीले संविधान जारी भएको साँझ दीपावली गर्ने निर्णय गरेको छ ।
– वैद्य नेतृत्वको नेकपा–माओवादीले भने ३ असोजमा विरोध प्रदर्शनसहित संविधानलाई प्रतीकात्मक रूपमा च्यात्ने र जलाउने निर्णय गरेको छ ।
-विप्लव नेतृत्वको नेकपा माओवादीले नयाँ संविधानले शान्तिप्रक्रिया भंग गर्न लागेको बताउँदै ३ असोजमा नेपाल बन्द आह्वान गरेको छ । उसले २ असोजमा विरोध प्रदर्शनको कार्यक्रमसमेत सार्वजनिक गरेको छ
स्रोत: नयाँ पत्रिकामा खबर छ ।