संविधानको कतै संरक्षण कतै बिरोधको तयारी – तीन माओबादी तीन तिर

mawobadi
१ असोज, काठमाडौं । जनयुद्ध सुरु भएको पाँच वर्ष पुग्दा तत्कालीन माओवादीले नयाँ कार्यनीति तय गरेको थियो, ‘संविधानसभाबाट संविधान ।’ गोलमेच सम्मेलन, गणतन्त्र माओवादीका थप कार्यनीति थिए । तत्कालीन माओवादीले ०५७ मा तय गरेको कार्यनीति १५ वर्षपछि ३ असोजमा गणतन्त्र र संविधानसभाबाट संविधान जारी गर्ने विषय संस्थागत हुँदै छ । ०५७ मा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट संविधानसभाको कार्यनीति बनाएको तत्कालीन माओवादी अहिले तीन पार्टीमा विभाजित छ । प्रचण्ड, मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वमा तीन माओवादी पार्टी छन् । मातृका यादव र मणि थापाका नेतृत्वमा पनि माओवादी पार्टी छन् । एकीकृत माओवादीले संविधान जारी भएको साँझ देशैभर दीपावली गर्ने निर्णय गरेको छ । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले भने ‘प्रतिगामी’ भन्दै देशभर नयाँ संविधान च्यात्ने र जलाउने तयारी गरेको छ ।
– शासकीय स्वरूपलगायत महत्त्वपूर्ण विषयमा फरक मत राखेर संविधान निर्माणमा अग्रसरता देखाएको एमाओवादीले संविधान जारी भएको साँझ दीपावली गर्ने निर्णय गरेको छ ।
– वैद्य नेतृत्वको नेकपा–माओवादीले भने ३ असोजमा विरोध प्रदर्शनसहित संविधानलाई प्रतीकात्मक रूपमा च्यात्ने र जलाउने निर्णय गरेको छ ।
-विप्लव नेतृत्वको नेकपा माओवादीले नयाँ संविधानले शान्तिप्रक्रिया भंग गर्न लागेको बताउँदै ३ असोजमा नेपाल बन्द आह्वान गरेको छ । उसले २ असोजमा विरोध प्रदर्शनको कार्यक्रमसमेत सार्वजनिक गरेको छ
स्रोत: नयाँ पत्रिकामा खबर छ ।

Spread the love