दश सूत्रीय माग प्रस्तुत गर्दै प्रा. डा. गोविन्द केसीको सरकारसँग जीवन रक्षाको माग

kc

दश सूत्रीय माग प्रस्तुत गर्दै प्रा. डा. गोविन्द केसीको सरकारसँग जीवन रक्षाको माग

१५ चैत, काठमाडौं – नेपाल प्राध्यापक सङ्घले दश सूत्रीय माग प्रस्तुत गर्दै आमरण अनसनरत त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानका वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीको जीवन रक्षाको माग सरकारसँग गरेको छ। आमरण अनसन बसेको आठ दिन बितिसक्दा पनि माग सम्बोधन गरी समस्या समाधान नभएकामा सङ्घको ध्यान आकर्षित भएको जनाउँदै सङ्घका अध्यक्ष रामेश्वर उपाध्यायले आइतबार एक वक्तव्य जारी गरी प्राध्यापक केसीको जीवन रक्षाको माग गरेका हुन् । चिकित्सा क्षेत्रका विसङ्गति अन्त्य गर्न पटक पटक अनसन बस्नु दुःखद् विषय भएको उल्लेख गर्दैै विज्ञप्तिमा मानवीय सेवामा समर्पित हुनुपर्ने चिकित्सा क्षेत्रलाई व्यवस्थित तुल्याउन पनि अनुरोध गरिएको छ ।

Tendy

२५ तोला सुनसहित खेलकुद परिषद्का उपाध्यक्ष टेण्डी शेर्पा पक्राउ – सुन राजश्वमा बुझाइयो

काठमाडौ – राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष टेण्डी शेर्पा २५ तोला सुनसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । शेर्पा हककङबाट हिजो राति साढे १० बजे त्रिभुवन विमानस्थल ओर्लिएका थिए ।   उनले आफ्नो साथमा २२ तोलाको बाला र डेढ डेढ तोलाको ढ्याक  ल्याएका थिए ।उनलाई राजश्व अनुसन्धान विभाग पठाईएको  विमानस्थल प्रहरीले जानकारी दिएको छ ।  लामालाई छुटाउन एमाले नेताहरुले प्रहरीलाई दबाब दिन थालेको प्रहरीले जानकारी दिएको छ ।

rastapati dr rambaran yadhav

पोआउ एशिया मञ्चको उद्धाटनमा नेपालका राष्ट्रपति डा रामवरण यादव

चैत्र १४, काठमाडौं –  शनिबार विहान पोआउ एशिया मञ्च2015 को वार्षिक सम्मेलनको उद्धाटन समारोह सम्मपन्न भएको छ। नेपालका राष्ट्रपति डा रामवरण यादवले उद्धाटन समारोहमा सहभागी हुँदै सम्बोधन पनि गर्नुभएको छ। एशियाली पूर्वाधारलगानी बैंक, रेशमी मार्गलगायत क्षेत्रीय सहयोगको नयाँ मञ्चको आधारमा नेपालले एसियाकोनयाँभविष्यर साझालक्ष्यनिर्माणमा सक्दो प्रयास र सहयोग गर्ने उहाँले बताउनुभयो। उहाँले नेपालमा लगानी गर्नका लागि चिनियाँ र अन्तर्राष्ट्रिय जगतलाई निमन्त्रणा गर्नुभको छ। साझेदारी सम्बन्ध र सहयोगमा साझा लक्ष्यसाकार पार्ने एउटा मात्रै उपाय रहेको भन्ने कुरा उहाँले व्यक्त गर्नुभएको छ।[ad id=”854″]

Prachanda

सडक संघर्षले कानुन बलियो बनाउछौ – प्रचण्ड

१४ चैत, काठमाडौं – एमाओवादीसहितका ६ वटा माओवादी पार्टीले शनिबार काठमाडौंको तीनकुनेमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले कानून भनेको सीधासादा र कमजोरलाई मात्र लाग्ने बताए । ‘बलियो त कानून च्यात्छ, बनाउँछ’ उनले भने ।  माओवादीहरु कमजोर भएपछि राज्य पक्षले राजनीतिक सहमति र सम्झौता तथा अदालतले कानून उल्ट्याउन सुरु गरेको भन्दै उनले उनले अब एक भएर सडकमा उत्रनुको विकल्प नभएको बताए । ‘हामी एक भएनौं भने झिँगा माकुराको जालोमा अल्झिएझैं हामी सबैको इतिश्री हुनेवाला छौं’ एमाओवादी अध्यक्ष प्रचण्डले भने-‘एक भएर सडकमा गर्जियौं भने त्यस्ता कानून च्यातिन्छ ।’

एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले माओवादीहरु कमजोर भएपछि कानून लाग्न थालेको बताएका छन् । अब माओवादी नेतृत्वले कमजोरीबाट शिक्षा लिएर सडकमा जानुपर्ने प्रचण्डको जोड थियो । देशभरि कार्यकर्ता र जनताको चाहना पनि माओवादी एक होस् भन्ने रहेको भन्दै उनले भने-‘माओवादी माओवादी नै छन् । कांग्रेस भएका छैनन्, एमाले भएका छैनन्, राजावादी भएका छैनन् । माओवादी कमजोर भयो विभावित भयो भन्ने चिन्ता र आक्रोश छ ।’

Plane crash in Saskatchewan: Nobody onboard

Plane crash in Saskatchewan: Nobody onboard

A plane crashed near Nipawin in Saskatchewan, Canada. There were no injuries or deaths, because nobody was onboard, reported the Royal Canadian Mounted Police. A short time later the aircraft crashed. There were no injuries, except for the pilot’s bruised ego.

The crash occurred at around 6:00 pm CST on Thursday, March 26, 2015, when an Aeronca Chief plane crash-landed at the Nipawin Airport. The pilot of the two-seater aircraft successfully prop-started the airplane by standing in front of it and turning the propeller by hand. However, the plane began to move down the runway and was airborne before the pilot could jump in.

bamdev and PM

गृहमन्त्री गौतमले प्रधानमन्त्रीसँग प्रतिवाद गरेको आरोप – प्रधानमन्त्री कोइराला

 चैत्र १४, काठमाडौ – अध्यागमन र भिसा प्रोसेसिङको सम्पूर्ण जिम्मा निजी कम्पनीलाई दिने विवादास्पद प्रस्तावलाई लिएर प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री वामदेव गौतमबीच विवाद भएको छ ।

प्रधानमन्त्रीले संसदीय समिति तथा सञ्चार माध्यममार्फत प्रस्तावका विषयमा व्यक्त चासोप्रति गम्भीर हुनुपर्ने उल्लेख गरे । जवाफमा गृहमन्त्री गौतमले प्रधानमन्त्री कार्यालयबाट गृहको प्रस्तावसम्बन्धी गोप्य सूचना चुहिएको आरोप लगाए । त्यसपछि दुवैबीच केहीबेर वादविवाद चल्यो । ‘सरकारले गर्न लागेको काम (भिसा प्रोसेसिङसम्बन्धी प्रस्ताव) को सूचना तपाईंकै कार्यालयबाट गलत नियत राखी बाहिर चुहाइयो,’ गौतमलाई उद्धृत गर्दै एक मन्त्रीले भने । एमालेका अरू मन्त्रीले पनि प्रधानमन्त्री कार्यालयबाट सूचना कसरी चुहियो भनी प्रश्न उठाएका थिए ।

स्रोतका अनुसार गृहमन्त्री गौतमले प्रधानमन्त्रीसँग प्रतिवाद गर्दै मिडियामा गलत सूचना आएकै भरमा प्रस्ताव रोक्न नहुने अडान राखेका थिए । त्यसमा कोइरालाले ‘अब आइन्दा मलाई नै नचाहिँदो दोष लगाउने गरी प्रधानमन्त्री कार्यालयबाट सूचना चुहिएको भन्ने जस्ता झूटो र हल्का कुरा नगर्नोस्’ भन्दै गृहमन्त्रीलाई हकारेका थिए ।

 

Tamakoshi

सिमेन्मा घोटाला गदै तामाकोशी आयोजना तुवाउने खेल भएको खुलासा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका लागि ल्याइएको सिमेन्ट अनियमित तबरले अर्को आयोजनालाई उपलब्ध गराएको भन्दै त्यसको सत्य तथ्य जानकारी दिन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई निर्देशन दिएको छ ।  माथिल्लो तामाकोसी आयोजनाको नाममा पैठारी भएको भारतीय राशि गोल्ड सिमेन्ट अनियमित तबरले रसुवास्थित सान्जेन जलविद्युत् आयोजनालाई उपलब्ध गराएको र सोको खर्चसमेत मागेको तर बिक्री नदेखाएको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानको क्रममा आयकर र मूल्य अभिवृद्धि करअनुसार तिर्नुपर्ने कर शुल्क जरिवाना वापत के कति तिर्नुपर्ने हो सोको जानकारी गराउन समेत आयोगले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई  पत्र लेखी ध्यानाकर्षण गराएको छ । आयोगले उक्त सिमेन्ट आयोजनामा नै प्रयोग भएको देखाई सो को भन्सार महसुल फिर्ता लिएको, सुरुको ठेक्का रकमबाहेकको भेरिएसन र पाएको मूल्यवृद्धिवापत प्राप्त भएको थप आम्दानी रकमलाई आफ्नो आयमा समावेश नगरी कर छली गरेको पाइएको छ  । आयोजनाका लागि आयात गरिएको सिमेन्टको भन्सार महसुल रकम फिर्ता नपाउनेमा सिनो हाइड्रो कर्पोरेशनलाई माथिल्लो तामाकोसी आयोजनाबाट फिर्ता दिएको पाइएकाले सो रकम फिर्ता गरी असुलउपर गरी सोको जानकारी गराउन निर्देश गरेको छ । आयोगकाअनुसार ठूला करदाता कार्यालयबाट आयकर र मूल्य अभिवृद्धि कर गरी  ३५ करोड २२ लाख २५ हजार ९७५ अन्तिम कर निर्धारण भएको पाइएको छ ।

baburam bhattarai

संबिधान निमार्णमा जबर्जस्ती गर्नेु सत्ता पक्षको मुर्खता हो – डा भट्टराई

१३ चैत्र,  काठमाडौँ –  “संविधानका अरू विवादित विषयमा सहमति भए पनि राज्य पुनःसंरचनाका विषयमा सहमति गर्ने सोच र चिन्तन सत्तारुढ दलमा देखिएको छैन, अनौपचारिक वार्ताले औपचारिक वार्तामा बस्नेसम्मको वातावरण तयार भएको छ, तर अहिल्यै सहमति भइहाल्छ भन्ने देखिएको छैन”, डा भट्टराईले भने । एकीकृत नेकपा(माओवादी)का वरिष्ठ नेता डा बाबुराम भट्टराईले संविधान निर्माण प्रक्रियामा सत्तारुढ दलको जबर्जस्तीले काम नगर्ने बताएका छन् । उनले संविधान निर्माण प्रक्रिया सहमतिका आधारमा नै अगाडि बढ्नुपर्ने र त्यसो हुन नसके आफूहरूसँग आन्दोलन गर्नाको विकल्प नहुने बताए ।  संविधान लेखन प्रक्रिया नियमित संसद्जस्तो बहुमत र अल्पमतको खेल नभएको बताउँदै उनले मुलुक र जनताप्रति गम्भीर भएर सोच्न र मुलुकलाई राजनीतिक समाधान दिन उहाँले सत्तारुढ दललाई आग्रह गरे ।
न्याय र निर्वाचन प्रणालीमा पूर्ण सहमति भएको, शासकीय स्वरूपमा एमाओवादी बाधक नहुने बताइसकेका सन्दर्भमा राज्य पुनःसंरचनाको विषयलाई संवादका माध्यमबाट टुङ्गो लगाउनुपर्ने उनको भनाइ थियो । उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आज राति स्वदेश फर्कने र शनिबार प्रमुख दलका बीचमा औपचारिक संवाद हुने तथा प्रमुख विवादित विषयका रूपमा राज्य पुनःसंरचनाका सन्दर्भमा छलफल हुने जानकारी दिए ।
udaye pur

एसएलसी परिक्षा सकेर साथीसंग घुम्न गएकी १८ वर्षीया ताराको रहस्यमय मृत्यु

चैत्र १३, उदयपुर – एसएलसी परिक्षा दिई रहेकी रौता-९ राजवासकी एक युवतीको मृत्यु भएको छ । बिहीबारको परीक्षा सकेर साथीसंग घुम्न गएकी १८ वर्षीया तारा समालमगरको मृत्यु भएको हो ।

त्रियुगा नगरपालिका- १३ चुहाडे स्थित जनज्योति उच्चमावि परिक्षा केन्द्रबाट परिक्षा दिई रहेकी समालमगरको नगरपालिका-७ चापमा शव भेटिएको छ ।

परिक्षा सकेर साथी सविना तामाङ चार दिन पहिलेमात्रै चिनाजान भएका देउरीका मिलन श्रेष्ठसंग घुम्न गएकी सामालमगरको निर्माणधीन खानेपानीको ट्याङ्कीबाट खसेर मृत्यु भएको प्रहरीले वताएको छ ।

तारा, सविना र मिलन घुम्दै चापा गएका रहेछन प्रहरी उपरिक्षक टेकबहादु गुरुङले भने,’घुम्दै चापमा पुगेपछि मिलनले अर्का साथी सविनालाई चापमै बोलाए ।’ सविना आएपछि सविन र सविना ट्याङ्कीमा चढेर धेरै समय तल नझरेपछि तारा बोलाउन जाँदै लडेर मृत्यु भएको सविनाले प्रारम्भिक वयान दिएको प्रहरी उपरिक्षक गुरुङ्गले बताए । स्रोत: कान्तिपुर अनलाइन

nepal japan

जापानमा नेपाली शरणार्थी बढ्दो – नेपालकै बद्नाम

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि नेपालबाट जापान जानेको संख्या हरेक बर्ष  बढिरहे पनि यतिखेर भने शरणार्थी बन्नेक्रम बढ्दो छ । फर्जी कागजातका आधारमा शरणार्थीका लागि निवेदन दिनेक्रम बढेपछि जापानमा नेपालकै बद्नाम भएको छ ।

जापानमा स्टुडेन्ट भिसा पाउँ  भन्दै निवेदन गर्ने मुलुकमध्ये नेपाल तेस्रो स्थानमा छ । अप्रिल २०१५ का लागि जापानको अध्यागमन विभागले जारी गरेको सूची अनुसार सबैभन्दा बढी निवेदन दिनेमा भियतनाम, चीन र नेपाल क्रमश छन् ।  शरणार्थी निवेदनकै कारणले नेपालीलाई जापानले भिसा प्रकृयामा कडा गर्न थालेपछि राम्रो काम गर्ने कन्सलटेन्सीहरुसमेत संकटमा परेका छन् । निवेदन दिने कुनै पनि देशका विद्यार्थीहरुलाई जापानको अध्यागमन विभागले सहजै स्वीकार गर्दैन । नेपालबाट जापान गएर शरणार्थीका लागि निवेदन दिनेको संख्या २ हजार नाघिसकेको छ । यसरी विभिन्न वहाना देखाएर आवेदन दिनेको संख्या बढेपछि नेपालकै बद्नाम भएको हो ।