देश को मुहार फेर्ने बिज्ञान अर्थात राजनिति, जिबन को कुनै न कुनै कालखन्ड मा के लेखक, के पत्रकार्, के कलाकार सबै ब्यक्ती राजनिती बाट अछुतो हुनै सक्दैन । अझ अमेरिका को राजनिती भनेको त एक महासागर नै हो । यो बेजोड महासागर मा उत्रन यसै सजिलो छैन । तेस्रो बिश्व का कतिपय देश हरु मा राजनिती गर्न लाई कुनै शिक्षा को मापदन्ड छैन तर बिश्व को सम्पन्न देश अमेरिका मा सक्ष्यम नेतृत्व चुन्न लाई ब्यक्ती को सबै कुरा हेरिन्छ जनता हरु कुनै कुवा को भ्यागुता होईनन्, के सही हो के गलत हो भन्ने कुरा सबै छुट्याउछन ।
आज भोली अमेरिका मा भाबी रास्ट्रपती को हुन्छ भन्ने बिषय आफै मा तातो खबर बनी रहेको छ । व्यक्तिगत रुप मा यत्रो बर्ष देखी अमेरिका मा बसोबास गरीरहेको हुना ले साथै न्यूयोर्क टाइम्स्, वाल स्ट्रीट जर्नल को नियमित पठक को नाताले मलाई पनि यो देश को माटो सङ नजिक हुने अबसर मिलेको छ ।
अमेरिकि राजनिती मा मुख्य प्रतिदव्न्दी डेमोक्र्याट र रिपब्लिकन हुन । डेमोक्र्याट पार्टी को राजनितिक इतिहास हेर्ने हो भने १८२८ मा गठन भएको यो पार्टीआप्रबासी हरु को लागी निकै उदारबादी पाटी पनि हो । हरेक चुनाब मा आप्रबासी का साथै उल्लेखनिय स्पेनिश भोट डेमोक्र्याट हरु ले पाउदै आएका छन । आप्रबासीहरु लाई सकरात्मक हिसाब ले लिने पार्टी हुने हुँदा देश मा मात्र होईन बिश्व मा नै यो पार्टी को छबी निकै राम्रो रहेको छ ।
१८२९ मा डेमोक्र्याट को तर्फ बाट पहिलो चोटी एन्डरु ज्याक्सन अमेरिका को रास्ट्र पती भएका थिए भने रिपब्लिकन को तर्फ बाट १८६१ मा अब्राहम लिंकनरास्ट्रपती भएका थिए । लिङ्कन अमेरिका को १६औं राष्ट्रपति हुन । उनले अमेरिकालाई गृहयुद्ध हुन बाट जोगाएका थिए । दास प्रथा अन्त गर्ने एक महान पुरुषपनि लिङ्कन नै हुन ।
जर्ज वासिङ्टन अमेरिकाका पहिलो राष्ट्रपति हुन् । उनी १७८९ अप्रिल ३० मा राष्ट्रपति भए । उनी स्वतन्त्र थिए, कुनै दलका समर्थक थिएनन् । गर्ब ले छाती फुलाउदैअमेरिकन हरु उनलाई “फादर अफ अमेरिका” को नाम ले बोलाउछन । देश मा उनले गरेको काम हरु निकै उदाहरणिय छ ।
२०१६ मा हुने रास्ट्रपती को चुनाब मा उम्मेद्वार हुन आफै मा प्रभावशाली हुनु पर्छ। अर्को बुझ्नु पर्ने कुरा के हो भने सक्षम नभइ कोही ब्यक्ती पनि अमेरिका कोरास्ट्रापती को लागी चुनाब लड्ने हिम्मत गर्दैनन्, जनता को मन जित्न सक्ने ब्यक्ति, हरेक समस्या को समा धान दिन सक्ने कर्मठ ब्यक्ती रास्ट्रपती हुने कुराकरिब कारीब निस्चित नै छ । राजनिती को बिषय मा महान दार्शनिक ओशो भन्नु हुन्छ – “राजनिती भनेको एक सब्द मा भन्नु पर्दा सम्भबाना हो, देश लाईपरिवर्तन गर्ने अबसर पनि हो, यो आफै मा सुद्द पानी जस्तै हो ।
यस पाली को चुनाबी दौरान मा डेमोक्राटिक पार्टी को तर्फ बाट हिलारी रडम क्लिन्टन, उपरास्ट्र पती जोसेफ बायडेन, एनन्ड्र इरु कुमो, कृस्टिन गिलिब्रान्ड्, मार्टिनओ माले,मार्क वार्नेर्,एलिजा बेथ वारेन आदी चुनाबी मौदान मा खरो उत्रने छन । हिलारी क्लिन्टन आफै मा लोक प्रिय नाम हो । उनको चर्चा बिश्व भरी नै त्यतिकैछ । यो चुनाबी मैदान मा सबै भन्दा अगाडी उनि नै छिन । उनले गरेको सामाजिक तथा आर्थिक काम हरु को सधै नै चर्चा भइ रहन्छ । यो अर्थ मा उनकोसम्भाबना निकै बलियो हुँदै गइ रहेको छ । चुनाब जस्ले जिते पनि मुख्य उदेश्य भने को देश लाई नयाँ दिशा दिनु नै हो । त्यस्तै रिपब्लिकन बाट अचेल जेब बुस कोनिकै लोकप्रियता बढेको छ । उनि फ्लोरिडा को गभर्नेर हुन । उन को पिता जर्ज य एच बुस र दाजु जर्ज बुस दुबै भुत पुर्ब रास्ट्रपती हुन । त्यस्तै न्यू जर्सी का गभर्नरकृस कृस्टी पनि निकै लोकप्रिय ब्यक्ती हुन । उनले गरे का सामाजिक काम साथै न्यूजर्सी को आर्थीक बिकास मा पनि ठुलो योगदान दिएका ब्यक्ती हुन ।
बबी जिन्डाल पनि एक ससक्त ब्यक्ती हुन २०१२ मा सम्भाबित उपरास्ट पती पद को उमेद्वार हुन पछी उन को प्रती द्वन्दी पौल रायन लाई मिट रोम्नी ले छानेकाथिए । बबी जिन्डाल लुजियाना को गभर्नर हुन । त्यस्तै बेन कार्सन्, लिन्ड्से ग्राहम्, जर्ज पटाकी आदी अहिले चर्चा मा रहेका ब्यक्ती हुन । त्यस्तै बिजनेस म्यानडोनाल्ड ट्रम्प पनि उठ्ने चर्चा चली रहे पनि निस्चित भने भए को छैन । खुल्ला प्रतिस्पर्धा हुने अमेरिका को चुनाब बिश्व को लागी नै एक रोचक र प्रतिक्षा कोबिसय बनेको छ । अमेरिका बिश्व राजनिती कै राजधानी हो ।
आज सम्म दुनिया को हरेक राजनितिक ठुला निर्णय हरु यही बाट भएका छन । अमेरिका जस्तो एक सिक्षित रास्ट्र मा जुन सुकै पार्टी ले चुनाब जिते पनि सबै कोउदेश्य देश लाई अझ बलियो बनाउदै जाने हो । हामी जस्ता गरीब मुलुक का मान्छे हरु ले हाम्रो देश नेपाल लाई साचै माया गर्ने हो भने यहाँ को गतिबिधी बाटसिक्ने पो हो कि । अमेरिका को राजनितिक इतिहास लाई हेर्ने हो भने सिक्षित ब्यक्ती ले मात्र प्रबेस पाएको छ । देश लाई चिन्न देश बुझे को ब्यक्ती नै हुनु पर्छ ।अर्ध सिक्षित नबुझेका गवार हरु बाट बिकास को कल्पना सम्म पनि गर्न सकिदैन । पौडी खेल्न जाने पो उत्रन सकिन्छ । नजाने वा अलि -अलि जान्ने हरु त्यसै डुबीहाल्छ नि त्यस्तै दुर्दसा भा को हो नेपाल मा, अझै बिग्रेको केहि छैन, सिक्दै गर्दै जाने हो भने बिकास को बिराट सम्भाबना भएको देश नेपाल पनि एक हो ।