हेलिकप्टरको पङ्खाले काटिएर एक जनाको मृत्यु

फिस्टेल एयरको हेलिकप्टरको पङ्खाले काटिएर सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएपछि पाइलटलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकमा पर्यटकलाई लिन गएको फिस्टेल एयरका पाइलटका सुजल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।  काठमाडौँ महानगरपालिका– ९ सिनामङ्गल निवासी श्रेष्ठलाई सोमबार बिहान नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । सिन्धुपाल्चोकको लिस्ती– ५ स्थित द लास्ट रिसोर्टमा ९ एनए– एजेआइ कलसाइन नम्बरको सो हेलिकप्टर विदेशी पर्यटक लिन गएको थियो । आइतबार दिउँसो ३ बजे ल्यान्ड गर्ने क्रममा पछाडिको पङ्खाले घाँटी छिनाली नुवाकोट घर भएका सो रिसोर्टका प्रबन्धक ३१ वर्षीय ठाकुर रिमालको घटनास्थलमा मृत्यु भएको थियो । मृतकको शव परीक्षणका लागि सोमबार बिहान हेलिकप्टरमार्फत त्रिविवि शिक्षण अस्पताल काठमाडौँमा लगिएको प्रहरीले जानकारी दिएको छ ।

Spread the love