संसद विघटनविरुद्ध जसपाको प्रदर्शन

काठमाडौं, १२ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी  (जसपा)नेपालले आज  काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । र्‍यालीमा जनता समाजवादी पार्टीका शीर्ष नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, हिसिला यमी, गंगा श्रेष्ठ, नवराज सुवेदी लगायत कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ। सभालाई शीर्ष नेताहरु डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, अशोक राई लगायतले सम्बोधन  गर्ने कार्यक्रम रहेको छ।

संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गरिएको जसपाले जानकारी दिएको छ । गत आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेका थिए। नेकपाको प्रचण्ड-माधव समूह, कांग्रेस र जनता समाजवादी (जसपा)ले ओलीको कदमले देशलाई गम्भीर संकटतिर धकेलेको भन्दै उनीहरुले विरोध गर्दै आएको छ । जसपाले ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेको छ । रत्नपार्क शान्तिबाटिकाबाट जुलुस सुरु भएको छ ।  पुतली सडक हुँदै  भद्रकाली परिक्रमा गरी शान्तिबाटिकामा पुगेर समापन हुनेछ।

 

 

 

Spread the love