संसद् विघटनविरुद्ध माइतीघरमा प्रदर्शन

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयविरुद्ध राजधानीमा प्रदर्शन भएको छ । शनिबार दिउँसो  नागरिक समाजको आयोजनामा माइतीघर भण्डलामा प्रदर्शन गरेको छ ।  विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको बृहत् नागरिक आन्दोलनले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई  गैरसंवैधानिक भन्दै शनिबार माइतीघर मण्डलमा  प्रदर्शन गरेको छ । बृहत् नागरिक समूहले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको यो गैरसंवैधानिक र जनविरोधी ‘कू’ले प्रतिगमनतर्फको यात्रालाई ताजा र क्रुर मोड दिएको’ उल्लेख गरेको छ । प्रदर्शनमा सहभागीले  संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमनको संज्ञा दिएको छ । प्रधानमन्त्रीको कदमविरुद्ध ‘वृहत नागरिक आन्दोलन’ निर्माण गरेका नागरिक अगुवाले  शंख फुकेर प्रदर्शन गरेको छ ।

Spread the love