मेरो राष्ट्रवाद – राजेन्द्र कार्की

सीमा वारी सुतेको

सीमा पारी उठेको

कागजमा पुछ्रेको

चूनाबमा उफ्रेको

मेरो राष्ट्रवाद  ।

_________________

जुँगा मिलाएर

थुँगा सिलाएर

सुतेको सपना

गाला रन्काएर

मन्चमा डुक्रेको

चूनाबमा उफ्रेको

मेरो राष्ट्रवाद ।

_______________

नाकाबन्दीमा जन्मेको

दसगजामा हुर्केको

तराईमा फुर्केको

बानेस्वरमा डुक्रेको

चूनाबमा उफ्रेको

मेरो राष्ट्रवाद ।

________________

पूर्बको पिलर

दच्छिणको खुट्टा

अस्ताउँदा ठिक छ

झुल्किदा बिक छ

आफ्नैका छातिमा

बुख्याचा हुर्केको

चूनाबमा उफ्रेको

मेरो राष्ट्रवाद ।

________________

आमाको खुट्टा

बुवाको पाखुरी

पासपोर्टमा टुक्रेको

बिदेशीएको सिन्दूर

बाकसमा थुप्रेको

चूनाबमा उफ्रेको

मेरो राष्ट्रवाद ।

Spread the love