माघ ८ लाई लक्षित गरेर निशेधित क्षेत्र घोषणा

Nisedit Area
५ माघ , काठमाडौँ, माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्मको क्षेत्र निशेधित हो । प्रधानमन्त्री निवास बालुवाटार आसपासका क्षेत्र पनि निषेधित हुन् । बालुवाटार स्थित नेपाल राष्ट्र बैंकको गेट देखी उत्तर रसियन दुतावास र त्यहाँबाट पानी पोखरी जाने सानो बाटोसम्म निशेधित क्षेत्र हो । प्रधानमन्त्री निवाससँगै जोडिएको प्रधानन्याधीश निवासदेखि  ५० मिटर पश्चिम तर्फ आसपासका क्षेत्र समेत निषेधित हुन् । संविधान सभा भवन पश्चिम तर्फ ३ नम्बर गेटबाट थापा गाउँ जाने अनमोल क्याटरिङ र भवनको उत्तर तर्फ पनि निषेधित क्षेत्र घोषणा गरिएको छ । संविधान बनाउने अन्तिम मिति माघ ८ गतेलाई लक्षित गरेर बिभिन्न समुहरुले  बानेश्वर क्षेत्रलाई बढि लक्षित गरेर विरोधका कार्यक्रमहरु केन्द्रित गरेकाले सुरक्षा निकायले पनि त्यहि अनुसारको तयारी गरेको छ  I संविधान निर्माणको अन्तिम मिति नजिकिएका बेला सरकारले संविधानसभा भवन आसपास लगायत अतिविशिष्ट ब्यक्तिको निवास र कार्यालय क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समितिको सिफारिसमा बिभिन्न ९ स्थानमा धर्ना, जुलुस, आमसभा, कोणसभा र मसाल जुलुस जस्ता कार्यक्रम गर्न निषेध गरेको छ । विशेषगरी यो निषेधित क्षेत्र नयाँ बानेश्वरस्थित संविधानसभा भवन आसपास केन्द्रित छ ।
Spread the love