दुखाई त उस्तै होलानी – राजेन्द्र कार्की

रोटिले बेटीलाई

बटीले रोटिलाई

दाईजोको ताप्केमा

तल माथि पल्टाउँदा

वारी म पारी तिमी

__________________________

दुखाई त उस्तै होलानी  !

बाँधमा म फुलिदा

खडेरीमा तिमी सुकिदा

बिजुलीमा तेल नसाटिदा

भोको टोपी, भोकै धोती

वारी म पारी तिमी

__________________________

दुखाई त उस्तै होलानी !

नाकाबंदीको लस्करमा

नागरिकताको इँटा बर्षिदा

बा को औषधी छेकिदा

कोरोनामा तिम्री आमा छोडिदा

वारी म पारी तिमी

__________________________

पीडा त उस्तै होलानी !

कारगील देखी लद्दाक पड्किदा

तिलाठीबाट लिपुलेक सल्किदा

धुँवा उस्तै,बारूद उस्तै

रगत उस्तै मृतक उस्तै

वारी म पारी तिमी

__________________________

दुखाई त उस्तै होलानी!

गीता पढ्छौ, चन्दन लाउँछौ

सन्तको भेषमा मुसा बन्छौ

सीमा तोड्छौ,एकता फोड्छौ

आज बिपदले ढाडमा टेक्दा

वारी म पारी तिमी

पीडा त उस्तै होलानी !

Spread the love