चिनियाँ टोली नेपालको राजनीतिक घटनाक्रम बुझ्न काठमाडौं आइपुग्यो

काठमाडौं , १२ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रतिनिधिसभाको विघटन गरेपछि नेपालमा राजनीतिक संकट गहिरिँदै गएपछि नेपालको  राजनीतिक घटनाक्रम बुझ्न उत्तरी छिमेक चीनबाट उच्च तहका नेताको नेतृत्वमा एक टोली काठमाडौं आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौं आएको छ । चिनियाँ प्रतिनिधिमण्डल नेपालमा चार दिन रहनेछ र नेपाल बसाइको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतसँग भेटवार्ता गर्ने छ । वेइजिङस्थित उच्च कूटनीतिक स्रोत र नेपालस्थित नेकपा स्रोत अनुसार चिनियाँ टोली चार दिन नेपालको राजनीतिक घटनाक्रम बुझ्नुका साथै राष्ट्रपति सी चिनफिङको सन्देश पनि प्रवाह गर्ने छन् । चिनियाँ टोलीको भ्रमणबारे विस्तृतमा जानकारी दिइएको छैन । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे हालसम्म नबोलेको चीनले राजदूत होउलाई नेकपाका नेताहरुलाई भेट्न पठाएर अझै मिलेर जानको लागि आग्रह गर्दै आइरहेकी छन् ।

 

 

 

 

 

 

Spread the love