कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया

नारायणी अस्पतालमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । वीरगञ्ज हेल्थ केयर अस्पतालको प्रसूति विभागको टोलीले बिहान उनको शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि आमा र छोरा दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

कोरोना अस्पतालले भर्ना लिन नमानेपछि अक्सिजन लगाएर घरमै राखिएको कोरोना संक्रमित गर्भवतीलाई नारायणी अस्पतालको समन्वयमा निजी अस्पतालमा संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

 

 

Spread the love