काठमाडौंको तारकेश्वर नगरपालिकामा बर्ड फ्लु

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १ मा  फेरि बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका अनुसार स्थानीय किसानले पालेका कुखुरामा बर्ड फ्लु रोग  पुष्टि भएको छ । बर्ड फ्लुका कारण १५ हजार कुखुरा नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ ।  तारकेश्वर नगरपालिका वडा नम्बर १ मा पालिएका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गर्दा बुधबार बर्ड फ्लु पुष्टि भएको विभागकी महानिर्देशकले जानकारी दिएको छ ।

 

 

Spread the love