अभिमान छाडौँ

  • शुभा

समयको कुनै पनि बलवान हुरीहरुमा

अहंबाट पालित मनको कुनै पनि दुरिमा

पदीय दम्भ अनि सम्पतिको नि आड हुँदा

पाप पो त कराउला है कुनै काल धुरिमा

——————————————-

हाऱ्यो विज्ञान अनि ज्ञान पनि त हाऱ्यो

मै हुँ भन्नेलाई पनि कति आपत पाऱ्यो

निस्कन्न खै विज्ञानमा औषधी नै केही

गरि खानेलाई पो यो विषाणुले माऱ्यो

————————————–

लक डाउन गरिखान हो खुल्ला डुल्न हैन

कोरोना बल्ल सुरु भकोछ अन्त भको छैन

सङ्क्रमणको ठुलो डर छ ख्यालठट्टा हैन 

जतन गरी काम गरौँ है हेलचेक्ऱ्याइँ हैन

————————————–

जीवन भरि असल कर्म गर्न सकौ हामी

अरुलाई सम्मान गर्दै बाँच्न सिकौ हामी

मरेपछी सम्मान गर्ने कर्मलाई अव छोडेर

जीउँदै सम्मान गर्ने काम थालौ है हामी

—————————————-

सत्कर्मको विरुवालाई रोपौ है देश भरी

हिमाल पाहाड तराईसम्म भेदभाव नगरी

जिम्मेवार नागरिक हौँ भनेर नि बोध गरौँ

हरेक नेपाली सुखी बनुन भन्ने कामना गरी

Spread the love