दोश्रोपटक अमेरिकी सरकार सटडाउन

एकबर्षमा अमेरिकी सरकार दोश्रोपटक सटडाउन भएको छ । बिहिबार केन्टकीका सिनेटर रयाण्ड पलले दुईबर्षको बजेट डिल पारित हुनमा अवरोध सृजना गरेपछि सरकार सटडाउन भएको हो । एकमहिनाभन्दा कम समयको अवधिमा अमेरिकी सरकार दोश्रोपटक सटडाउन भएको हो ।रिपब्लिकन र डेमोक्र्याटबीच अध्यागमन सम्झौता हुन नसक्दा डेमोक्र्याटहरुले खर्च सम्बन्धि बिलमा मतदान नगरेका कारण अमेरिकी सरकार सटडाउन भएको हो । बुधबार पेश गरिएको दुईबर्षको बृहद बजेट डिलमा आगामी २ बर्षको लागि ३ सय बिलियन बजेट तय गरिएको छ । जसमध्ये झण्डै १ सय ६० बिलियन सैन्य खर्च रहेको छ भने १२८ बिलियन अरु खर्च रहेको छ ।डेमोक्र्याटहरु बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनलाई स्थायी रुपमा अमेरिकामा बस्नेबारे रिपब्लिकनबीच सहमति कायम नगरेसम्म स्थायी खर्च विधयेकमा हस्ताक्षर गर्न तयार छैनन् । तर रिपब्लिकनहरुले सिमा सुरक्षा, डिभी लोटरीको खारेजी र चेन माइग्रेशनको अन्त्यका लागि डेमोक्र्याटहरु सहमत नभएसम्म बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनलाई स्थायी रुपमा अमेरिकामा बस्न दिने विषयमा सहमति गर्न तयार छैनन् ।यद्यपी शुक्रबारसम्म सहमति कायम भएर सिनेटमा खर्च विधयेकमा मतदान हुने अपेक्षा गरिएको छ । त्यसो भएमा शुक्रबार सटडाउन भएको अमेरिकी सरकार पुन खुल्ने सम्भावना पनि रहेको छ ।

 

Spread the love