नेपाली महिला क्रिकेट टोली विश्व कप ग्लोबल खेलमा छनोट

काठमाडौं: विश्व कप क्रिकेट छनोटबाट बाहिरिएको नेपाल एसिया कप क्रिकेटका लागि छनोट भएको छ । ८६ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ६ विकेटको क्षतिमा ८८ रन बनाएको थियो । आइसीसी महिला विश्वकप २०१७ को एसियाली छनोट अन्तर्ग शनिबार भएको खेलमा नेपालले चीनलाई चार विकेटले पराजित गर्यो।  नेपालले खेलेका ६ खेलमा तीन जित र तीन हारको नजिता आत्मसाथ गरेको थियो । अर्को खेलमा थाइल्यान्डले हङकङलाई सात विकेटले हराई दिएपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको एसिया कप खेल्ने भाग्य जुरेको हो ।   एसियाली छनोट खेलमा थाइल्यान्ड १० अंक सहित शिर्ष स्थानमा रहँदै विश्व कप ग्लोबल छनोट खेलका लागि छनोट भएको छ ।

 

Spread the love