७१ बर्षका पूर्व एसपी गौतमको नयाँ जिन्दगी – कोरोनालाई जीतेर फर्किए न्युयोर्क

न्युयोर्कमा १० दिनको अस्पताल बसाईपछि नेपाल प्रहरीका पूर्व एसपी ७१ बर्षका यादव गौतम कोरोनालाई जीतेर फर्किएका छन् । न्युयोर्कको एल्महस्र्ट अस्पतालमा भर्ना भएका गौतम आज दिउसो ४ बजे डिस्चार्ज भएका हुन् । १७ बर्षदेखि अमेरिकामा बस्दै आएका गौतम १० दिन अगाडि अप्रिल २० मा स्वासप्रश्वासमा समस्या भएपछि अर्जेन्ट केयरमा उपचारका लागि गएका थिए । त्यहाँ छातीको एक्सरे गर्दा उनमा निमोनिया प्रारम्भिक चरणमा रहेको देखिएको थियो । ७१ बर्षका गौतममा विभिन्न खाले स्वास्थ्य समस्याहरु भएतापनि समयमै अस्पताल पुगेकाले कोरोनालाई जीत्न सफल भएका हुन् । ३२ बर्ष नेपाल प्रहरीमा सेवा गरेका गौतम २०६० सालमा एसपीबाट सेवानिबृत्त भएका थिए ।

त्यसपछि तुरुन्तै एम्बुलेन्स बोलाएर उनलाई एल्महस्र्ट अस्पतालमा लगिएको थियो । अस्पतालमा उनलाई अक्सिजन दिइएको थियो भने कोरोना परीक्षण गर्दा संक्रमण पुष्टी भएको थियो । ९ दिनसम्म अक्सिजन दिइएपनि हिजोदेखि स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि अक्सिजन हटाइएको थियो । अहिले आफूलाई स्वास्थ्यलाभ भइरहेको भन्दै आफूलाई हरतरहले सहयोग गर्ने, सुभेच्छा व्यक्त गर्ने र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । साभार ः खसोखास डटकम

Spread the love