उपत्यकामा कोरोनाभाइरसविरुद्ध चिनियाँ खोप लगाउन खोप केन्द्रहरूमा भिड

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरको खोप केन्द्रमा पनि मङ्गलवार खोप लगाउन चाहनेहरूको भिड थियो । सरकारले १८ वर्षदेखि ५९ वर्षसम्मका व्यक्तिलाई आइतवारदेखि उपत्यकामा भेरो सेल खोपको पहिलो मात्रा दिन सुरु गरेको हो। चिनियाँ सरकारले भेरो सेल खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा उपलब्ध गराएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार काठमाण्डू उपत्यकाका तीन जिल्लाबाहेक नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक र रसुवा जिल्लामा चिनियाँ खोप वितरण भइरहेको छ।

Spread the love