डिभीबाट प्राप्त अमेरिकी नागरिकता खोस्ने तयारीमा अमेरिकी सरकार

एकजना आप्रवासीको डिभीबाट प्राप्त अमेरिकी नागरिकता खोस्न अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले मिसिगनको अदालतमा मुद्दा दायर गरेको छ । डिभीबाट प्राप्त अमेरिकी नागरिकता खोस्ने तयारीमा अमेरिकी सरकारले युएससीआईएसले डिपार्टमेन्ट अफ जस्टिसलाई साफी उदिद्न उर्फ कबिर तालुकदार उर्फ कबिर रहमानको मुद्दा हस्तान्तरण गरेको हो । सन् १९९७ मा उनले कविर तालुकदारको नाममा डिभी भरेर डिभी लोटरीमार्फत ग्रिनकार्ड पाएका थिए ।  अध्यागमन अदालतमा पुगेर सन् १९९७ मा देशनिकालाको आदेश दिइएको थियो ।  उनले त्यतीबेला आफू क्यानडाबाट अमेरिकामा कारमा आएको दाबी गरेका थिए । पछि सन् २००४ मा उसले डिभी लोटरीमार्फत प्राप्त ग्रिनकार्डबाट अमेरिकी नागरिकता प्राप्त गरेका थिए । परिचय ढाँटेर ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकता प्राप्त गरेको कारण उनको नागरिकता खोस्नका लागि अहिले अमेरिकी सरकारले अदालतमा मुद्दा दायर गरेको हो ।

Spread the love