विद्यार्थी संघ रौतहटमा विवाद

विद्यार्थी संघ रौतहटमा विवाद

विद्यार्थी संघ रौतहटमा विवाद चंद्रपुर,२७ बैशाख / नेपाल विद्यार्थी संघ रौतहटको अध्यक्ष पदमा श्यामहरी चौलागाइलाइ जिम्मेवारी दिइएको छ । अर्को पक्षले चौलागाइ लाइ अध्यक्ष बनाएको भन्दै विरोध जनाएको छ । नेपाल विद्यार्थी संघ केन्द्रिय समिति बाट रौतहटको निर्बाचन गराउन आएका प्रतिनिधि तथा केन्द्रिय सदस्य मेघा शाहीले चौलागाइ लाइ अध्यक्ष बनाएरका हुन । नेपाल विद्यार्थी संघको बिधान २०२७ को छैठो संसोधन २०७३ बमोजिम केन्द्रिय प्रतिनिधि शाहीले जिल्ला अध्यक्षको चयन भएको चौलागाइलाइ दिएकी हुन ।संगठनको मर्म नबुझी कोठे बैठक गरि चिठी थमौती गराइ श्यामहरि चौलागाईं लाई जिल्ला अध्यक्ष बनाएको रौतहट जिल्लाका केन्द्रिय सदस्य राजाबाबू साह, नवराज देवकोटा महासमिति सदस्य मुकेश गिरि, नेपाल बिद्यार्थी संघ रौतहटका पुर्व जिल्ला अध्यक्ष सुबास कोइराला,स्ववियु सभापति संगम श्रेष्ठ, स्ववियु पुर्व सचिव देवराज कार्की, विद्यार्थी नेता समीर नेपाल, शम्भु थापा, लगाएत सयौं बिद्यार्थीले लोकतान्त्रिक मुल्य र मान्यता बिपरित भएको भन्दै विज्ञप्ती जारी गरेका छन् । अध्यक्षको पत्र पाएका चौलागाइले भने जिल्ला सभापती लगाएत जिम्मेवार नेताहरुको सहभागितामा केन्द्रले तोकेको प्रतिनिधीले आफु लाइ जिम्मेवारी दिएकाले विवाद गर्नुपर्ने कुनै कारण नभएको बताएका छन ।