साउथ केरोलिनाको वन्दीगृह भडपमा सात कैदीको मृत्यु

साउथ केरोलिनाको वन्दीगृह भडपमा सात कैदीको मृत्यु

संयुक्त राज्य अमेरिकाको साउथ केरोलिना राज्यस्थित एक कैदी गृहमा कैदीहरूबीच भएको झडपमा कम्तिमा सात जनाको मृत्यु भएको साउथ केरोलिनाको कैदी सुधार विभागले सोमबार जनाएको छ । मजबुत सुरक्षास्थिति रहेको मानिने विशपभिल ली करेक्सनल इन्स्टिच्युसनमा (लीसीआई) आइतबार राति २ बजेर ५५ मिनेटको समयमा झडप भएको विभागले पुष्टि गरेको छ । झडपमा परी कम्तिमा १७ जना घाइते भएका बताइएको छ ।  विवाद के कारण भएको भन्ने विषयमा विस्तृत विवरण आइसकेको छैन । (रासस÷एएफपी)