देउवालाई भेट्न बुढानीलकण्ठ पुगे प्रचण्ड र नारायणकाजी

Prachanda, thepowernews, powernews

देउवालाई भेट्न बुढानीलकण्ठ पुगे प्रचण्ड र नारायणकाजी

७ जेठ, काठमाडौं  : राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर दलहरुलाई वर्तमान सरकारको विकल्प दिन आह्वान गरेकी छन् ।  नयाँ सरकार गठनको समय छोटिंदै जाँदा दलहरुको दौडधूप जारी छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई बारम्बर कुल्चिएको निष्कर्ष निकालेको छ । र, सबै दलसँग छलफल गरेर यो प्रवत्तिलाई रोक्न सबै विकल्पमा जाने निर्णय गरेको छ । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले संसदमा विश्वासका मत नलिने भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।  प्रचण्डसँग नेता नारायणकाजी श्रेष्ठ पनि देउवा निवास पुगेका छन् ।   बिहानै जसपाको महन्थ ठाकुर पक्षले आफू निकट सांसदहरुसँग पछिल्लो परिस्थितिबारे छलफल गरेको छ ।

 

कांग्रेसभित्र गुटउपगुटहरू सक्रिय

काठमाडौं  : कांग्रेसको संघीय संरचनासहितको विधान संशोधनको मस्यौदा आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनलाई लक्षित गरी गुटमा रमाएका छन् ।  विधान बनाउने रणनीतिका साथ ध्रुवीकरण शुरु भएको नेताहरूले बताएका छन् । पौडेल समूहले पदाधिकारी संख्या अहिले भएको ६ बाट बढाएर ११ पुर्‍याउनुपर्ने, सबै पदाधिकारी निर्वाचनबाट आउनुपर्ने र सभापतिलाई १५ प्रतिशत मात्रै केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार हुनुपर्ने विषयमा प्रस्ताव गरेको छ । विधानमा रहेको पदाधिकारीको संख्याका विषयमा देउवा र पौडेल समूहबीच विवाद छ । सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिले पदाधिकारी अनुमोदन गर्ने पुरानै व्यवस्था राखिएको छ । सभापति देउवाले केन्द्रीय कार्यसमितिमा प्रस्तुत विधान संशोधन मस्यौदाको पक्षमा सामूहिक आवाज प्रस्तुत गर्न बुधबार आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यको भेला बोलाएका छन् ।