तरलता अभाव हुन नदिन ५० अर्ब रुपैयाँ बजारमा पठाउदै : राष्ट्र बैंक

Nepal_Rastra_Bank

तरलता अभाव हुन नदिन ५० अर्ब रुपैयाँ बजारमा पठाउदै : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि रिपोमार्फत डेढ महिनाको लागि ५० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ। केन्द्रिय बैंकले बिहीबार ५० अर्ब रुपैयाँको रिपोको बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ। आज जारी गरेको रिपो माघ २९ गते परिपक्व हुनेछ।

बोलकबोलमार्फत् जारी हुने सो रिपोको क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडीङ मार्फत् खरिद गर्न सक्नेछन् । पुस मशान्तमा बैंकिङ्ग प्रणालीबाट ठुलो रकम सरकारी खातामा जाने भएकोले सो अवधिमा बैंकहरुमा तरलता अभाव हुन नदिन केन्द्रिय बैंकले उक्त रिपो जारी गर्न लागेको हो।

एनआइसीसँग कारोबार नगर्ने संघको निर्णय – राष्ट्र बैंक

काठमाडौं। एनआइसी एसिया बैंकसँग कुनै पनि प्रकारको अन्तर बैंक कारोबार नगर्ने भएको सहमति बारे बैंकर्स संघले राष्ट्र बैंकलाई जानकारी गराएको छ। गत शुक्रबार एनआइसी एसिया सहितको बैठकमा बैंकर्स संघले बचत खातामा ८ र मुद्दती खातामा ११ प्रतिशतभन्दा वढि ब्याज नदिने सहमति गरेको थियो। बिपरित एनआइसी एसियाले बैंकिङ अभ्यास गरेको भन्दै अन्तर बैंक कारोबार नगर्ने संघको कार्यसमितिले शुक्रबार निर्णय गरेको छ।  यो सहमति विपरित एनआइसी एसियाले बचतमा १० र मुद्दतिमा १२ प्रतिशत ब्याज दिएपछि एनआइसीसँग कारोबार नगर्ने संघको निर्णय

अन्तर बैंकले गरेको छ।