क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच भेटवार्ता भएको छ ।  न्यूयोर्कमा भएको भेटमा दुई मुलुकबीच सहकार्य हुन सक्ने क्षेत्रको  लागि द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  दुई मुलुकबीच आगामी समयमा सहकार्यका सम्भावनाका विषयमा दुई सरकार प्रमुखबीच कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रसंघको ७३ औं महासभामा सहभागी हुन आइतबार न्यूयोर्कमा

आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा सहभागी हुन आइतबार न्यूयोर्क आइपुगेका छन् । प्रधानमन्त्री ओलीका साथमा परारष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपाल सरकारका बरिष्ठ अधिकारीहरू सहित २० सदस्यीय टोली रहेका छन् । प्रमं ओलीले यसपटक दक्षिण अमेरिकी देश कोस्टारिकाको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । न्यूयोर्कमा रहँदा प्रमंले नेपाली समुदायसँग पनि भेटघाट र अनतरकृया गर्ने कार्यक्रम राखिएको छ ।