लगानी सम्भाबना बारे प्रदेशमा वहस सुरु

लगानी सम्भाबना बारे प्रदेशमा वहस सुरु

प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सातै प्रदेशमा लगानीका बारेमा बहस गर्ने जानकारी जानकारी दिएका छन् ।  अधिकारी अनुसार बोर्डले तयार पारेका मुख्य ८ कार्यक्रममा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, तामाकोशी तेस्रो जलविद्युत् योजना, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग, पूर्वपश्चिम विद्युतीय रेल, काठमाडौं–हेटौँडा टनेल, भारतसित नेपालमा ६ मुख्य शहरमा रेलमार्ग, रासायनिक मलको कारखाना र काठमाडौंमा मेट्रो रेल हुन् ।  बोर्डले सोमबार प्रदेश १ मा लगानी सम्भाबनाका बारेमा बहस गरेको छ। प्रदेश १ को मुख्यमन्त्रीको कार्यालय र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिले बोर्डका प्रमुख कार्यकारी सहितको समूहसित गरेको छुट्टाछुट्टै अन्तरक्रियामा प्रदेशमा लगानीका सम्भावनाका बारेमा छलफल गरिएको हो । प्रमुख कार्यकारी अधिकारीले मुख्य आठ योजनाका लागि ४० अर्ब डलर आवश्यक पर्ने बताए ।‘पाँच वर्षभित्र पूर्वाधार विकासका लागि मात्र १८ अर्ब र ट्रान्समिसन लाइनका लागि ६ अर्ब डलर खर्च गर्नुछ’, अधिकारीले भने, ‘२०३० सम्ममा १० हजार मेगावाट बिजुली उत्पादन गर्नु छ । 

https://www.youtube.com/watch?v=qhWMYXbEubk

रासायनिक मलका लागि मुख्य कच्चा पदार्थ भारतबाट पैठारी गरिने प्राकृतिक ग्यास भएको र जलजले यसका लागि पायक पर्ने स्थान भएको उनले बताए।   विदेशी लगानीकर्तालाई यहाँको वातावरण लगानीमैत्री छ भनेर आश्वस्त पार्नुभयो  ।  काँकडभिट्टादेखि कोशीसम्म रेलमार्ग तयार गरेर विराटनगरलाई जोड्ने, तमोर हाइड्रोपावर, सोलार, इन्डस्ट्रियल पार्क, अरुण बेसिन जलविद्युत्, सेज, पाथीभरा केबुलकार, विराटनगरदेखि एभरेस्ट बेस क्याम्पसम्म फास्ट ट्र्याक, जोगबनी किमाथाङ्का सडक लगायतका योजनामा एफडिआई ल्याउन सकिने  गरिएको  छ ।   त्यस्तै झापामा सेज, इनरुवादेखि भारतको पूर्णियासम्म ट्रान्समिसन लाइन, विराटनगर मोनोरेल, खाँदबारी–किमाथाङ्का ट्रान्समिसन लाइन, शैक्षिक र स्वास्थ केन्द्र, फाइभ स्टार होटल लगायतका क्षेत्र पनि एफडिआईका लागि उर्वर रहेको अधिकारीले बताए ।

https://www.youtube.com/watch?v=LENoWWcMHeA