क्यारोलिनाको तटीय रेखामा भीषण वर्षा र आँधीपछि बाढीसमेत आउने अनुमान

क्यारोलिनाको तटीय रेखामा भीषण वर्षा र आँधीपछि बाढीसमेत आउने अनुमान

क्यारोलिना : उत्तर क्यारोलिनाका ११ हजार घरमा विद्युत्त आपूर्ति बन्द भइसकेको बीबीसीले जनाएको छ । फ्लोरेन्स आँधी केही घण्टाअघि दक्षिण क्यारोलिनको पूर्वी तटीय क्षेत्रमा रहेको माइरटल बिचभन्दा २५० मिटर पर थियो । मौसमविदहरुका अनुसार दक्षिण क्यारोलिनाको तटीय रेखामा भीषण वर्षा र आँधीपछि बाढीसमेत आउन थालिसकेको छ । स्थानीय समयानुसार बिहान ८ बजे आँधीको असलीरुप देखिने बताएका छन् । आँधीले पहिरोसहितको विपद् ल्याउन सक्छ ।आँधीको बेग प्रतिघण्टा १६५ किलोमिटर छ ।आँधीले पानीको सतह चार मिटरसम्म माथि उठ्ने अनुमान गरिएको छ । – बीबीसी