२०२२ को पहिलो कारोबार दिन सुनचाँदीको मूल्य वृद्धि

२०२२ को पहिलो कारोबार दिन सुनचाँदीको मूल्य वृद्धि

सन् २०२२ को पहिलो कारोबार दिन सुनचाँदीको मूल्य वृद्धि भएको छ । २०२१ को अन्तिम दिन सुन तोलामा ६०० रुपैयाँले उकालो लागेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पुस १८ गते, आइतबार सुन तोलामा ७०० रुपैयाँले बढेकाे भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ पुगेको छ । तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य पनि बढेको छ ।  चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार २७० रुपैयाँ पुुगेको छ । शुक्रबार भने चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच भएको थियो ।

 

सुनको भाउ तोलामा ९४ हजार पाँच सय

१८ जेठ, काठमाडौं  :  सोमबार तेजावी सुनको कारोबार ९३ हजार सात सय रुपैयाँमा भएको थियो ।  सुनको भाउ तोलामा ९४ हजार पाँच सय रुपैयाँ पुगेको छ । मंगलबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेपछि उक्त मूल्य कामय भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ कायम भएको छ ।  चाँदीको एक हजार ३७० रुपैयाँ पुगेको छ । जुन प्रतितोला सोमबारभन्दा १० रुपैयाँले बढी हो । देशका अधिकांश सहरमा लागू गरिएको निषेधाज्ञाका कारण सुनको कोरोबार शून्यप्राय रहेको छ  ।

सुनको भाउमा आज पनि गिरावट

काठमाडौं ,६ फागुन : सुनको भाउ आज पनि ओरालो लागेको छ । बुधबार प्रतितोलामा ११ सयले घटेर  सस्तो भएको सुनको भाउ बिहीबार पनि ओरालो लागेको छ ।बुधबार ८९ हजार ८ सयमा कारोबार भएको सुनको भाउ आज ८९ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबार छापावल सुन प्रतितोलामा ६ सय रुपैयाँले सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  तेजावी सुनको भाउ आजका लागि ८८ हजार ७५० रुपैयाँ तोकिएको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले सस्तो भएको व्यवसायी महासंघले जनाएको छ ।

 

१९ बिरुद्धको खोप बनाएको घोषणा पछि सुनको मूल्य ओरोलो

२९, साउन, काठमाडौं : महासंघले सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार ८ सय रुपैयाँ तोकेको छ । १९ बिरुद्धको खोप बनाएको घोषणा पछि लगानीकर्तामा मनोबाल बढेको र सुनमा गरिने लगानी घट्दा मूल्य ओरोलो लागेको विश्लेषण अन्तराष्ट्रिय बजारमा गरिएको थियो ।  बुधबार ठूलो अन्तरले घटेको सुनको भाउ बिहीबार पुनः बढेको छ । प्रतितोला दुई हजार चार सय रुपैयाँले सुनको भाउ बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार तीन सय रुपैयाँ तोकिएको छ भने चाँदीको प्रतितोला भाउ १२ सय ९५ रुपैयाँ पुगेको छ ।