मनाङमा १५ घन्टादेखि निरन्तर हिमपात

१९ पुस, मनाङ : मनाङमा १५ घन्टादेखि निरन्तर हिमपात भएको छ । मुलुकभरि वर्षा र हिमाली जिल्लामा हिमपातले सताइरहेको अवस्थामा हिमाली जिल्ला मनाङमा १५ घण्टासम्म निरन्तर हिमपात भएको छ । हिउँ पग्लन नपाउँदै खानेपानीको समेत अभाव भएको छ ।
हिमपातले खेतीपाती राम्रो हुने भए पनि पशुचौपय र मनाव जीवनलाई कष्टकर बनाएको छ ।
हिमपात पर्नाले कर्मचारी, सर्वसाधारण र पर्यटक जीवनलाई कष्टकर बनाएको छ ।

Spread the love