सिटामोल उत्पादन सुरू

काठमाडौँ — सरकारी स्वामित्वको कम्पनी औषधि लिमिटेडले सिटामोल उत्पादन सुरू गरेको छ । कम्पनीबाट एकपटकमा ८० हजार सिटामोल उत्पादन हुन्छ । परीक्षण उत्पादन पनि ८० हजार सिटामोल निकालिएको थियो, जुन बजारमा जानेछैन ।  तीन दिन परीक्षण उत्पादन गरेपछि सोमबारबाट कम्पनीले व्यावसायिक सिटामोल उत्पादन थालेको हो ।  ‘अब सरकारले नि:शुल्क दिने रूपमाऔषधिका लागि निजी उद्योगमा भर पर्नुपर्दैन,  देश सिटामोलमा आत्मनिर्भर नहुँदा बर्सेनि १३ करोड ट्याब्लेट बाहिरबाट आयात हुने स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । कम्पनीले बर्सेनि आठ करोड सिटामोलकाट्याब्लेट उत्पादन गर्ने लक्ष्य लिएको छ । देशभर भने बर्सेनि १५ करोड सिटामोलको माग छ । एक ब्याचमा भने तीन लाख २० हजार सिटामोल निकाल्ने लक्ष्य लिएको छ ।  ‘१० लाख सिटामोल ट्याब्लेट निस्केपछि बजारमा पठाउने हो’  सिटामोलको बजारमूल्य एक रुपैयाँ तोकिएको छ । सिटामोल उत्पादनकै लागि भनेर कम्पनीले ५० लाख रुपैयाँको उपकरण भित्र्याएको छ ।

Spread the love