बाँकेमा कर्फ्यू – डीएसपी शाहीसहित ९ प्रहरी घाइते

बाँके : आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत कक्षा ७ अध्ययनरत बालिकालाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि प्रदर्शन चर्किएको छ। ट्रकको ठक्करबाट एक बालिका गम्भीर घाइते भएपछि विद्यार्थीको प्रदर्शनमा कर्फ्यू लागेको छ । प्रहरीको हवाई फायरले पनि भीड नियन्त्रण नभएपछि प्रहरी र विद्यार्थीबीच झडप पनि भएको छ।  कोहलपुरका केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचाेकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी कर्फ्यू लगाइएको छ। 

Spread the love