हेटौंडामा शहीद दिवस सहिद स्तम्भमा माल्यापर्ण गरी मनाईयो

 संजु चापागाई, मकवानपुर आज माघ १६ गते अर्थात् शहीद दिवस, मकवानपुरमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा आज हेटौंडा ११ मा रहेको शहीद स्मारकको शहीद स्तम्भमा माल्यार्पण गरिएको छ । शहीद स्मारकको मुल गेटबाट प्रभातफेरी गर्दै स्मारक परिसरमा पुगेर शहीद स्तम्भमा फुलगुच्छा र माला लगाई शहिदहरुलाई श्रद्धान्जली अर्पण गरिएको हो । कार्यक्रममा नेपाली सेना तथा नेपाल प्रहरीको एक टोलीले शहीदप्रति सलामी अर्पण समेत गरेको थियो । मकवानपुरका प्रदेश सभा सदस्य तथा स्मारक समितिका अध्यक्ष डोरमणी पौडेल, प्रतिनिधि सभाका सदस्य विरोध खतिवडा, कृष्ण प्रसाद दाहाल, प्रदेश सभाकी कुमारी मुक्तान, प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, हेटौडा नगरका उप मेयर मिना लामा, लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख तथा स्थानिय बासिहरुले शहीदको स्तम्भमा माल्यार्पण गरेका हुन् । मुल समारोह समितिका संयोजक रघुनाथ खुलालको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Spread the love