सागमा नेपाललाई १५ स्वर्ण

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद सागमा नेपाललाई १५ स्वर्ण आयोजकले नेपालले शानदार शुरुवात गरेको छ । दोस्रो दिन सोमबार छिनोफानो भएको २४ मध्ये नेपालले सर्वाधिक १५ स्वर्ण जित्यो । सोमबार दिनैभर सातदोबाटोबाट नेपालको लागि खुशीको खबर आइरहँदा कराँतेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले २-२ स्वर्ण जिते । सन् १९९९ मा नेपालमै भएको आठौं सागमा गंगाराम महर्जनले कराँतेको एकल कातामा स्वर्ण जितेका थिए ।
कराँतेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयषा शाक्यले दुई/दुई स्वर्ण पदक हात पारे । मन्डेकाजीले पुरुष एकल काता र टिम कातामा स्वर्ण जितेका हुन् । टिम कातामा उनलाई महसुस मोक्तान र प्रवीण मानन्धरले साथ दिएका थिए । तेक्वान्दोमा आयषाले महिला एकल पुम्से २९ वर्षभन्दा माथि र पेयर पुम्सेमा स्वर्ण पदक जितिन् । पेयर पुम्सेमा उनलाई सञ्जीवकुमार ओझाले साथ दिएका थिए ।

Spread the love