रेडियो मकवानपुरद्धारा सहिदको योगदान विषयमा चर्चा

संजु चापागाई, मकवानपुर आज सहिदको योगदान ः साहित्य चर्चा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दिव्यतारा बहुद्देश्यीय सहकारी संस्थाद्धारा सञ्चालित रेडियो मकवानपुर १०१.३ मेगाहर्जको आठौं वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । रेडियो मकवानपुरको सभाहलमा गरिएको कार्यक्रममा मकवानपुरका साहित्यकारहरुको सहभागितामा रहेको थियो । सहिद दिवसको अवसरमा समेत आयोजना गरिएको कार्यक्रममा बोल्दै मकवानपुरका साहित्यकारहरुले नेपाली साहित्यमा सहिदको योगदानको बारेमा जति साहित्यिक रचनाहरु रचे पनि सहिदहरुको सम्मान गर्न अझै नपुगेको बताउनुभएको छ । राणा शासनदेखि राजतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्ममा शहीदको महत्वपूर्ण योगदान रहेको उहाँहरुको भनाई थियो । कार्यक्रममा साहित्यकार साम्ब ढकाल, निमेष निखिल, ह्यागृव आचार्य, घनश्याम घिमिरे, तुल्सी घिमिरे, पूर्णकला घिमिरे, देवराज खरेल, विष्णु प्रसाद गौतम, अनिता न्यौपाने, मुना अर्याल, देवराज तिवारी, सुवास खनाल, उमेश तिमल्सिना, धर्मराज स्याङ्तान, एस. लामालगायतले साहित्यमा सहिदको योेगदानको चर्चा गर्नुभयो । रेडियोका स्टेशन संयोजक राममणि दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रेडियोले वार्षिकोत्सवको अवसरमा ट्रान्सपरेन्सी इन्टरनेशनलसँगको सहकार्यमा भोलि बिहान ११ बजे भुकम्पपछिको पुनर्निर्माण अवस्थाको बारेमा मकवानपुर गढी गाउँपालिका–२ स्थित शिखरकट्टेरीमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने समेत जनाएको छ ।

Spread the love