प्युठानमा बाढी र पहिरोले १० जनाको मृत्यु

Puthan in nepal

प्युठानः प्युठानमा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ । राप्ती नदीमा आएको बाढीले चार जनालाई बगाएको र विभिन्न ठाउँमा गएको पहिरोले पुरेर अन्य ६ जनाको मृत्यु भएको छ ।  प्युठानका डिएसपी रञ्जीतसिंह राठौरले ४ जनाको खोलाले बगाएर र ६ जनाको पहिरोमा पुरिएर मृत्यु भएको  प्रहरीको भनाइ छ । प्युठानका विभिन्न गाविसमा पहिरोले पुरिएर दर्जनौ बेपत्ता भएका छन् । बाढी र पहिरोको पूर्ण विवरण आउन बाँकी नै रहेको प्रहरीको भनाइ छ ।

Spread the love