अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट

१५ वैशाख, काठमाडौं : देशका २ करोड ८० लाख मानिसहरु असुरक्षा र भोकमरीको चपेटामा परेकाले तत्काल सहयोग आवश्यक रहेकोले अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट आइपरेको जनाएको छ । बुर्किना फासो, उत्तरी क्यामरुन, चाड, माली, नाइजर र उत्तरपूर्वी नाइजेरियामा हिंसा बढ्दै गएको छ ।  सहारा मरुभूमि वरिपरिका ६ देशको समूह (बुर्किना फासो, उत्तरी क्यामरुन, चाड, माली, नाइजर र उत्तरपूर्वी नाइजेरिया) लाई साहेल क्षेत्र भनिन्छ । साहेलमा द्वन्द्व व्यापक रुपमा बढ्दै गइरहेको छ ।  पश्चिम तथा मध्य अफ्रिकाका उपनिर्देशक जेभियर क्राइचले भनेका छन्, ‘नागरिकहरुले धेरैपटक घातक आक्रमण, चन्दा आतंक र धम्कीको सामना गर्नुपर्दछ या त्यहाँबाट भाग्नुपर्दछ ।

 

Spread the love