सबैथोक टाल्न सकिने फाटेको मान टाल्न सकिन – के.पी. ओली

pohor sala khusi fatyo

दिपक न्यौपाने, ९ साउन, काठमाडौ –  प्रधानमन्त्री केपी शर्मा ओलीले छापामार शैलीमा सरकार परिर्वतनको खेल भएको बताएका छन् । प्रचण्डको नाम नलिई उनले अविश्वासको प्रस्ताव प्रस्तोता भन्दै उनले भने, अस्ति कुरा सुनेपछि मलाई लाग्यो, आरोपहरु के छन् सुनेँ । कहिले साँझ त कहिले राति अबेरसम्म धेरैपटक फाटेको मन तुन्ने काममा बिताएको भन्दै उनले थपे, भयो के भने आज तुनेर, जोडेर पठाउँछु, भोलिपल्ट आउँदा अर्कोतिर फाटेको हुन्छ ।’ आरोप सुन्दा थाहा भने ममाथिको अविश्वास कामको कारण होइनरहेछ, मन फाटेका, कमलो मन दुखेको, चित्त नबुझेको आदि कारणले रहेछ ।’  आफ्नाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले काम नगरेकाले नभई चिक्त दुखेको र मन फाटेकाले समर्थन फिर्ता लिएको रहेछ भने ।  ओलीले भने, ‘मैले मेरा मित्रको च्यातिएको मन अरुणा लामाको गीतमा भनेझैं धेरैपटक सिउने कोशिस गरें । सबैथोक टाल्न सकिने फाटेको मान टाल्न सकिन रहेछ भन्दै ओलीले आफ्ना भनाई मा ज्यादै दुखेसो पोखे ।hons

Spread the love