नुवाकोटमा राहत शिक्षकको भेला सम्पन्न

 भरतसन्तोषी,नुवाकोट :  नुवाकोट जिल्ला शिवपुरी गाऊ पालिकाका राहत शिक्षकहरुको भेला सम्पन्न भएको छ।नुवाकोट जिल्लाको पुर्वी शिवपुरी गाऊ पालिका स्थित गाऊ पालिकाको कार्यलय सेरा बगरमा भेला सम्पन्न भएको हो। शिवपुरी गाऊ पालिका स्तरीय भेलाले गणेश सिटौलाको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन भएको समितिका सदस्य सुशील सिटौलाले द पावर न्युजलाई बताउनुभयो।भेलाले गाऊ पालिकाको आठै वटा वडा क्षेत्रका संयोजक पनि तोकेको छ। आगामी दिनमा राहत शिक्षकले पनि सरकारी सोसरह सम्मान र सेवासुबिधा पाउनुपर्ने माग राख्दै आन्दोलन गर्ने तयारी रहेको अर्का राहत शिक्षिका बिन्दा तामाङ बताउनुहुन्छ।

Spread the love