काठको पोल ढलेपछि विद्युत अवरुद्ध

इलामको माईजोगमाई गाउँपालिकाको पशुपतिनगरमा डेढ महिनासम्म विद्युत अवरुद्ध हुँदा स्थानीय समस्यामा परेका छन् । सडक निर्माणका क्रममा गाडिएका काठको पोल ढलेपछि गाउँपालिकाका वडा नम्बर २ , ४ , ५ , ६ का स्थानीय अँध्यारोमा बस्न बाध्य भएका छन् ।पुराना पोलहरु जीर्ण भएपछि नयाँ फेर्दा यस्तो समस्या आएको  हो । ट्रान्समिटर जडान गर्नका लागि केही सामान आउन बाँकी भएकाले यो समस्या भएको हो।छिट्टै यो समस्याको समाधान हुन्छ ।

Spread the love